कचनापुरका स्थानीयमा बाघको त्रास
बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कचनापुर क्षेत्रमा बाघको त्रासले स्थानीय आतंकित भएका छन् ।
संविधान दिवसका अवसरमा बेनीमा प्रभातफेरी
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुक्रबार बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीको निर्देशनमा स्थानीय तहको खाता सञ्चालन
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको निर्देशनमा साविकको निमित प्रमुख प्रशासकीय अधिकृतको नाममा रौतहटका १४ वटा स्थानीय तहको खाता सञ्चालन सुचारु हुने भएको छ ।
संविधान दिवसमा बृहत् शान्ति र्याली
संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।
पोखरा महानगरको सेवा सुरु, वडाहरु तयारीमा
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीले नष्ट भएको पोखरा महानगरले बिहीबारबाट सेवा आरम्भ गरेको छ । शुक्रबार संविधान दिवस र शनिबारको बिदामा व्यवस्थापनपछि आइतबारबाट सबैजसो सेवा सुरु हुने महानगरले जनाएको छ ।
चितवनमा मनाइयो संविधान दिवस
शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो ।
जिपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ ।
ग्रामीण सडक कालोपत्रे हुँदा जनजीवन सहज
लामो समय धुलो र हिलोले हिँड्न नसक्ने ग्रामीण सडकहरु कालोपत्रे हुन थालेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२ स्थित छल्दी–रातडाँडा सडक दुई दशकपछि कालोपत्रे भइरहेको छ ।
शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन रोग सङ्क्रमण पुष्टि
शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ ।
बजार झरे लेकाली भेडाच्याङ्ग्रा
दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ ।
सार्वजनिक बिदा र शनिबार पनि सत्यवतीका विद्यालय सञ्चालन हुने
सार्वजनिक बिदाका दिनमा पनि गुल्मीको सत्यवती गाउँपालिका भित्रका विद्यालयहरु सञ्चालन हुने भएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा
राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
साढे तीन करोडमा बनेको कृष्णपुर नगरपालिकामा दुई करोड क्षति
साढे तीन करोड बढी लगानीमा निर्माण गरिएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाको भवनमा आगलागी हुँदा दुई करोड बढीको क्षति पुगेको छ ।
उच्च र सप्तरी जिल्ला अदालतको सरसफाइ तीव्र
जेनजीको प्रदर्शनपछि वातावरण सहज भए लगत्तै राजविराजस्थित रहेको उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालतका कर्मचारीहरू तीव्र रूपमा सरसफाइमा जुटेका छन् ।
नवलपरासीमा सरकारी संरचनामा तीन करोडभन्दा बढीको क्षति
आगलागी र तोडफोडका कारण पश्चिम नवलपरासीका सरकारी निकायमा तीन करोड बढीको क्षति भएको छ ।
प्रदेशमा सुशासन कायम गर्न आह्वान
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा सुशासन कायम गर्न आह्वान गर्नुभएको छ ।
मर्स्याङ्दीले तोक्यो कृषि उपजको मूल्यसूची
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । स्थानीय कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउन गाउँपालिकाले न्यूनतम समर्थन मूल्य तोकेको हो ।
जुम्ला अझै दुध, मासु र अण्डामा परनिर्भर
पशुपालनका हिसाबले जुम्ला प्रख्यात भए पनि दुध, मासु र अण्डामा अझै आत्मनिर्भर हुन सकेको छैन । सङ्ख्याका हिसाबले धेरै पशु भए पनि माथिका तीन वटै कुरामा जुम्ला आत्मनिर्भर हुन अझै केहि वर्ष लाग्ने देखिन्छ ।
राजविराज नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित
राजविराज नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेको छ । स्वास्थ्य सिफारिस, सरसफाई लगायत अति आवश्यक सेवा बाहेक नगर कार्यपालिका कार्यालय सम्पूर्ण शाखाहरुबाट प्रवाह हुने अन्य सबै सेवाहरु स्थगित गरेको हो ।
फरार ८२ कैदीबन्दी पक्राउ
कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दीमध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ । भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी तीन सय ९७ कैदीमध्ये दुई सय पाँच जना फरार भएका थिए ।
अस्पताललाई उपचारभन्दा पनि बिजुलीको बिल भुक्तानीको पीडा
तनहुँको सदरमुकाम दमौलीमा रहेको प्रदेश अस्पताल दमौली आजभोलि बिरामीको उपचारभन्दा बढी बिजुलीको भुक्तानीको चिन्तामा छ । आर्थिक संकटको सामना गर्दै आएको अस्पताललाई हालैको प्राविधिक क्षतिले थप असहज बनाएको छ ।
सार्वजनिक यातायातमा भाडादर कायम
म्याग्दीमा भएको भाडादर निर्धारण समितिको बैठकले जिल्ला भित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धारण गरेको छ ।
आज संविधान तथा राष्ट्रिय दिवस : प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुहुने
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।