काठमाडौँ, असोज १९ गते । वर्षाको समयमा महामारी फैलिनबाट बच्न पानीलाई शुद्धिकरण गरेर मात्र पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । वर्षातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य, सङ्क्रमण रोगको जोखिम बढ्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
वर्षातको मौसममा खानेपानीका स्रोत दुषित हुने हुनाले पानीलाई शुद्धिकरण गरेर मात्र पिउन मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी भक्तबहादुर केसीले आग्रह गर्नुभयो ।
उहाँका अनुसार शुद्धिकरण गरेको पानी पिउने गरेमा पानीजन्य रोग लाग्नबाट बच्न सकिन्छ ।
पानीलाई शुद्धीकरण गरेर मात्र पिउन उहाँको भनाइ छ । झाडापखाला, हैजा आउँ, निमोनिया रुघाखोकी तथा टाइफाइडजस्ता पानीजन्य रोगको लक्षण देखिएमा हेलचेक्राई नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।