तेस्रो ज्योतिपुञ्ज कपको नयाँ मिति सार्वजनिक
जेनजी आन्दोलनका कारण रामपुरमा स्थगित भएको तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता आगामी असोज २६ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
सप्तरीमा मनाइयो १० औँ संविधान दिवस
सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । संविधान दिवस २०८२ मूल समारोह सप्तरीद्वारा संविधान दिवसको अवसरमा शुक्रबार प्रभातफेरी तथा विरामीलाई फलफूल वितरण गरिएको हो ।
गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन
इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त राज्य अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेको छ ।
क्यानाडा र मेक्सिको ‘निष्पक्ष’ व्यापार सम्झौतामा अडिग, ट्रम्पको दबाबबिच अमेरिकासँग सहकार्यमा सहमत
क्यानाडा र मेक्सिकोका नेता संयुक्त राज्य अमेरिकासँगको त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को संरक्षण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर दबाबबिच यसलाई ‘निष्पक्ष’ बनाउन सहमत भएका छन् ।
अस्पतालका बिरामीलाई फलफूल वितरण
संविधान दिवसको अवसरमा हेटौँडा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । दिवसका अवसरमा शुक्रवार नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिले अस्पतालमा फलफूल वितरण गरेको हो ।
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
कालीगण्डकी लोकमार्ग भासियो
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भासिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ ।
जिल्लामा निर्वाचनको व्यावस्थापकीय तयारी सुरु
आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि जिल्लास्थित निर्वाचन कार्यालयहरु पनि व्यावस्थापकीय तयारीमा जुटेका छन् ।
जेनजी प्रदर्शनमा गएका थुक्तेन लामा १० दिनदेखि बेपत्ता
जेनजी प्रदर्शनमा सहभागी हुन गएका हुम्लाका एक जना युवा बेपत्ता भएका छन् । जिल्ला नाम्खा गाउँँपालिका– ३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन पाल्वर लामा १० दिनदेखि बेपत्ता हुनुहुन्छ ।
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गर्नुभएको छ ।
कांग्रेस कार्यसम्पादन समिति बैठक जारी
गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो ।
सल्यानमा रेबिजविरुद्ध खोप अभियान तथा विद्यालय शिक्षा कार्यक्रम सञ्चालन
रेबिज एक प्राणघातक भाइरल रोग भएकाले यसको रोकथामलाई लक्षित गर्दै कालिमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाले विशेष अभियान अघि बढाएका हुन्।
संविधान दिवस युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । 'समृद्ध लुम्बिनी, खुसी नागरिक' मुख्य सङ्कल्पसहित दिवस मनाइएको थियो ।
लमजुङमा तोकियो नयाँ भाडादर
लमजुङमा सार्वजनिक सवारीमा नयाँ भाडादर निर्धारण गरिएको छ । लमजुङ जिल्ला यातायात व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नयाँ भडादर निर्धारण गरेको हो ।
कास्की कारागारमा फर्किए ३७० कैदीबन्दी
जेनजी आन्दोलन क्रममा कारागारमै आक्रमण भएपछि कास्की कारागारबाट निस्किएका कैदीबन्दी फर्किने क्रम जारी छ ।
संविधानसँगै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकताः मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानसँगै मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ ।
बाजुराका कैदीबन्दीलाई अछाम र नेपालगञ्ज सरुवा
बाजुरा कारागारमा रहेका कैदीबन्दीलाई नेपालगञ्ज सरुवा गरिएका छ । कारागार बाजुरामा अहिले ४९ कैदीबन्दी र १८ जना थुनुवा रहेका छन् । यसमा १८ जना थुनुवालाई अछाम र ४९ जना कैदीबन्दीलाई नेपालजञ्ज पठाएको हो ।
कचनापुरका स्थानीयमा बाघको त्रास
बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कचनापुर क्षेत्रमा बाघको त्रासले स्थानीय आतंकित भएका छन् ।
संविधान दिवसका अवसरमा बेनीमा प्रभातफेरी
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुक्रबार बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीको निर्देशनमा स्थानीय तहको खाता सञ्चालन
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको निर्देशनमा साविकको निमित प्रमुख प्रशासकीय अधिकृतको नाममा रौतहटका १४ वटा स्थानीय तहको खाता सञ्चालन सुचारु हुने भएको छ ।
संविधान दिवसमा बृहत् शान्ति र्याली
संविधान दिवसका अवसरमा आज बिहान बृहत शान्ति र्यालीको आयोजना गरिएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।
पोखरा महानगरको सेवा सुरु, वडाहरु तयारीमा
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीले नष्ट भएको पोखरा महानगरले बिहीबारबाट सेवा आरम्भ गरेको छ । शुक्रबार संविधान दिवस र शनिबारको बिदामा व्यवस्थापनपछि आइतबारबाट सबैजसो सेवा सुरु हुने महानगरले जनाएको छ ।
चितवनमा मनाइयो संविधान दिवस
शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो ।
जिपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ ।