• १९ असोज २०८२, आइतबार

सल्यानका सबै कार्यालय सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा आउने

blog

जिल्ला प्रशासन कार्यालय सल्यानको कार्यालय ।

शंकर केसी

सल्यान, असोज १९ गते । सल्यानका सबै कार्यालयहरु सोमबारदेखि सञ्चालनमा आउनेभएका छन् । हाल जिल्लामा मनसुनको प्रभाव नरहेको र आगामी दिनमा समेत उल्लेखनीय असर पर्ने सम्भावना नदेखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले २०, असोज सोमबारदेखी पूर्णरूपमा सञ्चालन गर्न अनुरोध गरेको हो । 

गृह मन्त्रालयबाट प्राप्त पत्रानुसार सार्वजनिक सेवा सुचारु गर्ने निर्देशन आएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले कर्मचारी सहज अवस्थामा बिदा बस्न उचित नहुने र चाहना पनि नभएको भन्दै सबै कार्यालय प्रमुखहरुलाइ कार्यालय नियमित सञ्चालन गर्न अनुरोध गर्नुभएको हो । साथै सेवा प्रवाहको अवस्था सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले प्रत्यक्ष निरीक्षण गर्ने समेत एक सार्वजनिक सुचनामार्फत जानकारी गराएको छ । 

विभिन्न बिकास योजना तथा वार्षिक कार्यक्रम कार्यान्वयनको चाप रहेको र सेवाग्राहीलाई अत्यावश्यक सेवा प्रदानका लागि पनि कार्यालय नियमित सञ्चालन गर्नु जरुरी रहेको भन्दै प्रशासनले जिल्ला भित्रका सबै कार्यालय प्रमुखहरूलाई सेवाप्रवाह अबरुद्ध हुन नदिई नियमित रूपमा कार्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।