अनिल पराजुली
हेटौँडा, असोज ३ गते । संविधान दिवसको अवसरमा हेटौँडा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । दिवसका अवसरमा शुक्रवार नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिले अस्पतालमा फलफूल वितरण गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बिरामीलाई फलफूल वितरण गर्नुभएको थियो । फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्नु सबैको मूल दायित्व भएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले आर्थिक अवस्था कमजोर भएर अस्पतालमा उपचार गराउन समस्या भएका बिरामीको उपचारमा पनि नेपाली काँग्रेसले आर्थिक सहयोग गर्नेे प्रतिबद्धता जनाउनुभयो । अस्पतालमा उपचारार्थ बिरामीलाई मुख्यमन्त्रीसहित पार्टीका प्रतिनिधिहरूले फलफूल वितरण गर्नुभएको थियो ।