मतदातामा आएको परिवर्तन
विगतका भन्दा अहिलेको स्थानीय तहको निर्वाचनमा मतदाताको माग परिवर्तन भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा यतिबेला सबै राजनीतिक दलका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । उम्मेदवारले भेटेका मतदाताले विगतको भन्दा फरक माग गर्ने गरेका छन् । मतदाताले उम्मेदवारसँग मत मान्ने क्रममा भौतिक विकाससँगै सामाजिक र आर्थिक विकासका कार्यक्रम पनि ल्याउनुपर्ने माग गर्ने गरेका छन् । उपत्यकाका नगरपालिकामा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेकाहरूले २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाताको मागमा परिवर्तन आएको अनुभव सुनाउँछन् ।
छानबिन गर्दै निर्वाचन आयोग
निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा -यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ ।
निर्वाचन आयोगले खटायो अनुगमन टोली
स्थानीय तह निर्वाचनका लागि तुलनात्मक रूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ । आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको जनाएको छ । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ । खटाइएका टोलीका लागि आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताउनुभयो ।
स्थानीय निर्वाचन तयारी तीव्र
स्थानीय तहको निर्वाचनको तयारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले तीव्र पारेको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरमा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई प्रशिक्षण, मतदानका लागि आवश्यक सामग्रीको व्यवस्थापन, सुरक्षाकर्मीको परिचालनलगायतलाई तीव्रता दिइएको हो ।
विकास र समृद्विका लागि गठबन्धन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्विका लागि पाँच दलीय गठबन्धन आवश्यकता अनुसार नै भएको बताउनुभएको छ।
मतदाताको सहयोगीबारे आयोगको विज्ञप्ति
निर्वाचन आयोगले शारीरिक अशक्तलाई गोप्य स्थानमा आफूसँगै लाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ।
पत्रकार संगठनका अध्यक्षलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
गठबन्धन दलआवद्ध पत्रकार संगठनका अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ ।
शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन अध्यक्ष ओलीको अपिल
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न गर्न आवश्यक सहयोगका लागि सबैमा अपिल गर्नुभएको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सो अपिल गर्नुभएको हो । हाम्रा गाउँ नगरमा सताब्दीयौंदेखि ब्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कूप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलको अन्त्य गर्ने सङ्कल्प एमालेले लिएको जानकारी गराउनुहुँदै अध्यक्ष ओलीले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन आफूहरु लागिपरेको जानकारी दिनुभयो । एमालेको मूल ध्येय ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “राष्ट्रिय गन्तव्य तय गरेर सङ्कल्पसाथ अघि बढेमा मात्रै त्यसलाई साकार पार्न सकिन्छ । त्यसका लागि भिजन र भिजन बोक्ने व्यापक, सुदृढ, अनुशासित र गतिशील सङ्गठन चाहिन्छ ।” राष्ट्रिय सङ्कल्पको कार्यान्वयन गर्न र कार्यान्वयनलाई निरन्तरता दिन देशमा भिजनरी र कृतसङ्कल्पित राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । “एमालेमा मात्रै राष्ट्रिय आँट, सङ्कल्प र आत्मविश्वास छ । हामी आम नेपाली जनतालाई यस उद्देश्यका लागि गोलबद्ध बनाउन सक्छौं, राष्ट्रिय परिवर्तन र रूपान्तरणको महाअभियानमा विश्वासका साथ अघि बढाउन सक्छौं” पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले थप्नुभयो, “राष्ट्रिय हितहरूको पक्षपोषण गर्न, तिनको दृढ प्रतिरक्षा गर्न र गुमेका चिजहरू पुनः प्राप्त गर्नसक्ने सामथ्र्यवान्, भरपर्दो र जिम्मेवार राष्ट्रिय शक्ति एमाले नै हो ।”नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम् गर्बिलो राष्ट्र बनाउन आफूहरुले चाहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय नभएको बताउनुभयो । “हाम्रो मुख्य ध्येय नेपालको विकास गर्ने हो, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो” उहाँले भन्नुभयो ।नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको सशक्त पहरेदारी गर्ने सामथ्र्य एमालेसँग रहेको दावी गर्नुहुँदै अध्यक्ष ओलीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताको घर आँगनको सरकारको रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । एमाले सरकारमा रहँदा नेपालको इतिहासमा पहिलो पटक मुलुकको समग्र विकास निर्माण, सामाजिक सुरक्षा, परिवर्तन र रूपान्तरण, राष्ट्रिय सामथ्र्य र प्रतिष्ठाको अभिबृद्धि लगायतका क्षेत्रमा युगान्तकारी एवम् गौरवपूर्ण उपलब्धिहरू हासिल भएको उहाँले दावी गर्नुभयो । “जनताभन्दा ठूला अरू कोही छैनन् । जनताको सेवा नै हाम्रो मुख्य ध्येय हो । हाम्रो शक्तिको स्रोत नै जनताको शक्ति हो” अध्यक्ष ओलीले थप्नुभयो, “एमालेले स्थानीय तहलाई लोकतन्त्र, विकास, निर्माण र आर्थिक बृद्धिको बलियो आधारस्तम्भ बनाउन चाहेको छ, जनसेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।“
मतदातालाई उत्साहित बनाउन सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह
गोरखापत्र अनलाइनकाठमाडौं वैशाख २५ गते । निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले वैशाख ३० गतेको आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ सफल बनाउन सरकारी सञ्चार माध्यमको प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन गर्नुभएको छ । सरकारी सञ्चार माध्यमका प्रमुख तथा सम्पादकहरुसँग आइतबार आयोगमा छलफल गर्नुहुँदै उहाँले सो निर्देशन गर्नुभएको हो । मतदानको दिन आउन अव केही दिन मात्र बाँकी रहेका बेला मतदातामा सही तथा सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मतदातालाई उत्साहित गर्ने र मत बदर हुन नदिनेगरी सञ्चारमाध्यममा सूचना प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो । निर्वाचनका विषयमा केही समस्या र परिमार्जन गर्नुपर्ने विषय भए आयोगलाई तत्काल जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । त्यस्तै, आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनलाई सफल बनाउन सरकारी सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुहुँदै बाँकी यस अवधिमा बढीभन्दा बढी निर्वाचनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । मतदाताका लागि सही र सत्यतथ्य समाचार प्रवाह भएमात्र मतदाताहरु लाभान्वित हुने उहाँले चर्चा गर्नुभयो ।छलफल कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण हुने विज्ञापन मार्फत आचारसंहिता उल्लङ्घन भए नभएकोबारे बोर्डले अध्ययन गरिरहेको बताउनुभयो । निर्वाचन सफल बनाउन निजी मिडियाको पनि ठूलो भूमिका रहने हुनाले थोरै भएपनि विज्ञापन उपलब्ध गराउन सके निजी मिडियालाई पनि राहत हुने उहाँले सुझाव दिनुभयो ।छलफल कार्यक्रममा नेपाल टेलिभिजन, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) तथा निर्वाचन आयोगका प्रतिनिधिहरुको सहभागिता थियो ।