लम्जुङमा दुई हजार बढी सुरक्षाकर्मी खटिए
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।
रोजाइमा काम गर्न सक्ने उम्मेदवार
स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका युवा मतदाता निकै उत्साहित भएका छन् । आफ्नो मताधिकार प्रयोग गरेर जनप्रतिनिधि छान्न पाउने कुराले उनीहरूमा उत्साह थपिएको छ । लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने र आफ्नो एक मतको विशेष महìव हुने विषयले नयाँ मतदातालाई जिम्मेवार बनेको पनि अनुभव भइरहेको छ ।
बागी उम्मेदवारको प्रभाव नगन्य छ
भरतपुर महानगरपालिकाको प्रमुखको भूमिका निर्वाह गरिसक्नुभएकी रेनु दाहाल दोस्रो पटक पुनः सोही पालिका प्रमुखको उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई सत्ता गठबन्धनका पाँच दलकोे समर्थन छ । उहाँ आफू महानगरको प्रमुख पदमा पुनः निर्वाचित हुनेमा विश्वस्त हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग गोरखापत्रका समाचारदाता वसन्त पराजुलीले गर्नुभएको कुराकानी : भरतपुर महानगरमा दोस्रो कार्यकालका लागि तपाईंको उम्मेदवारी किन ?पाँच वर्षअघि म जुन प्रतिबद्धतासाथ मतदातासँग पुगेकी थिएँ त्यसकै आधारमा निर्वाचित पनि भएँ । यसबीचमा मैले सुन्दर र समृद्ध भरतपुर महानगर बनाउन थुप्रै काम गरेकी छु । देशकै हेर्न लायक सुन्दर सहर बनाउने मार्गचित्र तयार गरी काम अगाडि बढाएकी छु । धेरै काम सम्पन्न भएका छन् भने केही काम सुरु गरिएको छ । अरू थुप्रै कामअघि बढाउनु छ । आफूले सुरु गरेका काम आफ्नै नेतृत्वबाट मात्रै कुशल ढङ्गले सम्पन्न गर्न सकिन्छ भन्ने विश्वाससाथ मैले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएर निर्वाचनको मैदानमा उत्रिएकी छु ।तपाईं अहिले घरदैलो कार्यक्रम गर्दै हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाउनुभएको छ ? मतदाताको घरदैलोमा पुग्दा अत्यन्तै ठूलो उत्साह, सद्भाव र हौसला प्राप्त गरेकी छु । यसबाट यो पाँच वर्षमा समग्र भरतपुरको बृहत्तर विकासमा मैले निर्वाह गरेको भूमिकालाई जनसमुदायले अनुमोदन गर्नुभएको अनुभूति भइरहेको छ । घरदैलोका क्रममा म जहाँजहाँ पुगेकी ती त्यहाँ सबै ठाउँमा विकासप्रेमी मेयर भनेर हौसला प्रदान गर्नुभएको छ । यसलाई साथ सहयोग गरी मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो सद्भावलाई मैले विगत पाँच वर्षमा प्रमुखको भूमिकामा रहेर जनचाहनाबमोजिम महानगरको समग्र विकासमा मैले निर्वाह गरेको भूमिकाको उपज हो भन्ने महसुस गरेकी छु । तपाईं यति धेरै उत्साहित हुनुहुन्छ तर काँग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्रमा उमेदवारीले तपाईंलाई असर गर्छ भन्छन् नि ? मलाई त्यस्तो लाग्दैन । उहाँलाई काँग्रेसले कारबाही पनि गरिसकेको बुझेकी छु । हामीले विगतका सबै निर्वाचनलाई हेर्दा बागी विद्रोही वा स्वतन्त्रले पार्ने प्रभाव नगन्य देखिन्छ । यो लोकतान्त्रिक गठबन्धन देशका लागि अहिलेको आवश्यकता हो । यस अर्थमा कुनै पनि काँग्रेसजनले पार्टीको निर्णयविपरीत गएर विद्रोही उम्मेदवारलाई भोट हाल्नुहोला भन्ने म कल्पना गर्न सक्दिन । हालै चुनावी सभामा तपाईंका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनामा पर्ने भनी दिनुभएको मन्तव्यलाई लिएर काँग्रेसजनले चित्त दुःखाएका छन् । यसलाई कसरी लिनुभएको छ ?कुरो त्यस्तो हैन । उहाँले गठबन्धनको आवश्यकता विस्तृत शान्ति सम्झौतादेखि यहाँसम्म आइपुग्दा नेपाली काँग्रेससँग भएको सहमति र सहकार्यका आधारलाई व्याख्या गर्दै र विगतका निर्वाचनमा पनि एकले अर्कालाई मतदान गरिसकेको अभ्यासलाई काँग्रेसले कसरी भुल्न सक्छ ? भन्ने प्रसङ्गमा त्यसो भन्नुभएको हो । उहाँले हामी गठबन्धनले दायाँबायाँ ग¥यौँ भने व्यवस्था विरोधी, संविधान विरोधी, तानाशाही प्रवृत्तिले मलजल पाउँछ भन्नुभएको हो । त्यस्ता प्रवृत्तिलाई परास्त गर्न काँग्रेसले माओवादी केन्द्र र गठबन्धनका अन्य दललाई मतदान गर्ने तथा माओवादी केन्द्रले काँग्रेस र गठबन्धनका अन्य दलका उम्मेदवारलाई मतदान नगर्न कसरी सकिन्छ ? भन्ने प्रसङ्गमा उहाँको कुरा आएको हो । यसलाई केहीले विषय प्रसङ्ग तोडमोड गरी भ्रम सिर्जना गरेका मात्रै हुन् । यसलाई कसैले पनि अन्यथा लिनु जरुरी छैन । अघिल्लो पटक प्रमुखमा निर्वाचित हुँदै गर्दा तपाईंले महानगरको विकासका लागि धेरै प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कतिपय पूरा गरिएनन् भन्ने आरोप छ नि ?यस्तो मैले त सुनेको छैन तर कसैले भन्छ भने त्यो पूर्वाग्रह हो । मैले विगतको निर्वाचनका क्रममा जेजति प्रतिबद्धता व्यक्त गरेकी थिएँ त्योभन्दा धेरै गुणा बढी विकास निर्माणको काम भएका छन् । अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माणाधीन छ । पुलचोक गोन्द्राङ छ लेन सडक दु्रत गतिमा निर्माण भइरहेको छ । महानगरीय रिङरोड र लिङ्क रोडको डीपीआर तयार भई ४१ किलोमिटर निर्माण सम्पन्न भएको छ, अरू निर्माण हुँदैछ । आँपटारी केन्द्रीय बसपार्क बाइपास सडक चार लेनमा निर्माण अन्तिम चरणमा छ । हुलाकी सडक निर्माणाधीन छ । रामपुर मेघौली साहायक राजमार्ग बनिरहेको छ । ७८ किलोमिटर सडकमा उज्यालो भरतपुर कार्यक्रम स्मार्ट स्ट्रिट लाइट जडान भएका छन् । सहरका मुख्य सडकमा हाई माक्सलाइट जडान गरिएको छ । मुख्य राजमार्गहरूमा बिजुलीका तारहरूलाई भूमिगत बनाउने काम भइरहेको छ । यो बीचमा ६२२ किलोमिटर भित्री सडक कालोपत्रे भएको छ । नालाहरू बनेका छन् । जन सहभागितामा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले महानगरलाई बुझाएसँगै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समेट्ने गरी अगाडि बढेको छ र छिट्टै निर्माण सुरु हुनेछ । सार्वजनिक निजी साझेदारी मोडलमा दुई अर्ब रुपियाँभन्दा बढीको लगानीमा बहुतले व्यावसायिक भवन बन्दैछ । चार अर्ब रुपियाँभन्दा बढीका साना ठूला खानेपानी आयोजना निर्माणाधीन छन् । झन्डै पाँच अर्बको लगानीमा नारायणी नदीमा तटबन्धनको योजना बोलकबोल भई ठेकेदार छनोटको प्रक्रियामा छ । यसले नदी तटीय क्षेत्रका जनताको जिउधनको सुरक्षाको ग्यारेन्टी गरेको छ । यो आयोजना सकिँदै गर्दा भरतपुरले बहुआयामिक लाभ हासिल गर्नेछ । शिक्षा, पर्यटन, कृषि, सुशासन र सामाजिक सुरक्षाका क्षेत्रमा हामीले अत्यन्तै ठूलो काम गरेका छौँ । अहिले मतदातालाई भेट्दै गर्दा तपाईं आफू जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? सर्वप्रथम चितवन आफैँमा ७८औँ जिल्ला हो । यहाँको जनसमुदाय सचेत छ । मेरो उम्मेदवारीलले सुन्दर नगरी भरतपुरको विकास र समृद्धिमा केन्द्रीय स्रोतसाधनसँग जोडेर नमुना सहर बनाउने प्रण गरेकी छु । यो जनसमुदायले बुझेको छ । जनता नै निर्णायक शक्ति हो । मेरो जन्मभूमिमा दोस्रो पटक जनसेवा गर्ने अवसर दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । तपाईंले जित्नुभयो भने महानगरमा गर्ने विकास योजना के–के छन् त ? अघिल्लो कार्यकालमा सञ्चालनमा रहेका योजनालाई पूर्णता दिनु मेरो पहिलो कर्तव्य रहनेछ । महानगरमा इन्टरनेट सर्भिस प्रोभाइडर स्थापना गरी सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ जडान गरी हरेक विद्यार्थीलाई निःशुल्क इन्टरनेट वितरण गर्नेछु । महानगरभित्र विभिन्न रुटमा विद्युतीय बस सञ्चालन गर्ने जसमा महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई निःशुल्क र विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने छ । छोरी शैक्षिक बीमा कार्यक्रममार्फत हरेक छोरीलाई कक्षा १ मा भर्ना गर्दादेखि नै बीमा गरी २० वर्ष उमेरसम्म रकम बुझाइनेछ । किसान पेन्सन, घर–घरमा स्वास्थ्य, एक टोल एक उद्यम कार्यक्रम, टोल विकास संस्थाहरूको सशक्तीकरण, कृषि उपजको ब्रान्डिङ, कक्षा १२ सम्म निःशुल्क शिक्षा, नारायणी र राप्ती नदीको तटबन्धन गर्दै यहाँ उकास हुने दुई सय बिघा जग्गामा वृक्षरोपणसहित पर्यटन उद्योगको विकासमा लागिनेछ । रोजगार बैङ्कको स्थापना गरी बेरोजगारलाई रोजगारी दिइनेछ । भूमिहीनलाई पुर्जा, फोहोर व्यवस्थापनमा आधुनिक मोडलद्वारा व्यवस्थापन गर्ने, देशको खेलकुद केन्द्र चितवनलाई बनाउने, आधुनिक ढल निकास योजना अगाडि बढाइनेछ । नारायणी नदीमा सिबिज आयोजनालगायतका कार्यक्रम मेरो कार्यकालभित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
रोजाइमा काम गर्न सक्ने उम्मेदवार
स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका युवा मतदाता निकै उत्साहित भएका छन् ।
परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल
स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ ।
अन्य दलको झण्डा र चुनाव चिह्न प्रयोग गरे कारबाही हुने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गर्ने जनाएको छ । शनिबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिनुभएको हो ।
राष्ट्रिय सभामा नमुना मतदान (फोटो फिचर)
काठमाडौंको राष्ट्रिय सभा गृहमा शनिबार नमुना मतदान कार्यक्रम गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर नमुना मतदान गरिएको हो ।
स्थानीय तहको चुनावबाटै एमालेलाई रोक्नुपर्छ : रामचन्द्र पौडेल
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख २४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताउनुभएको छ।नेता पौडेलले एमाले अध्यक्ष केपी ओली राजनीतिक स्थिरता खलबल्याउने निम्ति नायक भएको आरोप लगाउनुभयो। उहाँले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका चुनावमा पराजित गर्नुपर्ने बताउनुभयो।‘‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’’, पौडेलले भन्नुभयो। ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको उहाँको भनाइ छ।ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ। ‘‘दिउँसो चुच्चे नक्सा देखाउने राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसँग लम्पसार पर्ने’’ पौडेलले ओलीतर्फ लक्षित गर्दै भन्नुभयो। नेता पौडेलले जनताको घर घरमा पुग्ने, अस्पतालको बेड बेडमा पुग्ने सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका उम्मेदवार खेलराज पाण्डे जस्तै मेयर चाहिएको बताउनुभयो ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गफ भन्दा कामका पछि लाग्न आग्रह गर्दै गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो। सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन नै अहिलेको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा समाजवादी नेतृ रामकुमारी झांक्री, राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, माओवादीका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल बलदेब, जसपाका नेता नवराज सुवेदी, मेयरका उम्मेदवार खेलराज पाण्डे, उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ, माओवादी रुपन्देही प्रमुख निर्मल जिसी, कांग्रेस नेता युवराज गिरीलगायतले धारणा राख्नुभयो।
अब नागरिकताको समस्या समाधान हुन्छः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताउनुभएको छ।