• १३ साउन २०८१, आइतबार

लम्जुङमा दुई हजार बढी सुरक्षाकर्मी खटिए

blog

स्थानीय तह निर्वाचनमा परिचालित भएका म्यादी प्रहरी । तस्बिरः बेलिना थापा

लमजुङ, बैशाख २५ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका छन् । 

चार नगरपालिका र चार गाउँपालिकाका मतदान केन्द्रमा दुई हजार ३५८ जना सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी कार्यस्थल पुगेका छन् । निर्वाचन कर्मचारी आठ सय ९५ बाहेकको दुई हजार ३५८ सुरक्षाकर्मी खटिएको उहाँले बताउनुभयो । 

शनिबारबाट सरक्षाकर्मीहरु सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । नेपाली सेना चार सय ८६ जना, नेपाल प्रहरी ६०९ जना, शसस्त्र प्रहरी २७६ जना ९८७ म्यादी प्रहरी खटिएका छन् । अनुसन्धानको ११ जना खटिएका छन् । मतदान केन्द्रमा सुरक्षाकर्मी पुगेर फिल्डमा खटिई सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीको घेरा हुने छ । 

आठ स्थानीय तहमा निर्वाचनका लागि मतदान स्थल १२३ वटा छन् । १८२ मतदान केन्द्र छन् । केन्द्रमा निर्वाचनका लागि ८९५ जना कर्मचारी खटिने भएको हो । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आइतबार जिल्ला समन्वय समितिमा र मस्र्याङदी बहुमुखी क्याम्पसमा तालिम प्रदान गरिँदै छ । बैशाख २७ गते बेलुका कार्यस्थल पुग्नुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा एक लाख २७ हजार ६ मतदाता रहेका छन् । 

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।