• ६ जेठ २०८१, आइतबार

मतदाताको सहयोगीबारे आयोगको विज्ञप्ति

blog

काठमाडौं, वैशाख २५ गते। निर्वाचन आयोगले शारीरिक अशक्तलाई गोप्य स्थानमा आफूसँगै लाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ।

दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने आयोगले विज्ञप्तिमार्फत् प्रष्ट पारेको हो। 

दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ। 

कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भइ मत संकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ। 

सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै प्रष्ट पार्नुभएको हो।