नमुना मतदानमा १३ प्रतिशत मत बदर
गुल्मीमा बदरमत कम गर्ने लक्ष्यले सम्पन्न गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ ।
प्रतिस्पर्धामा तीन उम्मेदवार
वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा ३० जनाको उम्मेदवारी परे पनि मुख्य तीन जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह, नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी र पत्रकार गिरीश गिरीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
विकासका लागि काँग्रेसलाई जिताउनुहोस् : डा. आरजु
नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवाले विकास गर्ने भनेको अहिले स्थानीय सरकारले भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्छु : नेत्री सिंह
गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताउनुभएको छ ।
विचार नपुर्याए मत बदर हुन सक्छ
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताले मत सङ्केत गर्दा विचार नपुर्याए ए मत बदर हुन सक्ने सम्भावना रहन्छ । मतदाताले मत सङ्केत गर्दा विचार पुर्याएर मतदान गर्नुपर्ने हुन्छ अन्यथा मत बदर हुन सक्छ ।
गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल
काठमाडौं, वैशाख २२ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ। पाँच दलीय गठबन्धनले बिहीबार चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताउनुभएको हो। गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उहाँले भन्नुभयो, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ।” तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिबद्धता थियो। उहाँले विसं २०४६ देखि कम्युनिष्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, “तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ।” उहाँले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनुभयो। “यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ।” प्रचण्डले यसअघिको निर्वाचनमा सोचे अनुरुपको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याउनुभयो। गठबन्धन कम्युनिष्ट पार्टीहरुसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उहाँको भनाइ थियो।उहाँले भन्नुभयो, “हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ, तपाईहरुको साथ र सहयोग भयो भने यो निरन्तर अघि बढ्छ।” यो प्राकृतिक गठबन्धन भएको भन्दै उहाँले वृहत शान्ति सम्झौतामा सहभागी भएका दलहरुबीचमा गठबन्धन भएको बताउनुभयो।रासस
बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित
नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ ।
सेवासुबिधा नलिने प्रतिबद्वता
मुगुको छायाँनाथ रारा नगरपालिका प्रमुख पदका उम्मेदवार विष्णुकुमार भामले राज्यबाट कुनै पनि सुविधा नलिने प्रतिवद्धता गर्नुभएको छ ।
निर्वाचन अधिकृतलाई तालिम
स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । चुनावी प्रचारसँगै मतदाता भेटघाट र सभालगायतका कार्य भइरहेका छन् । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र विपक्षी दल नेकपा एमालेका केन्द्रीयस्तरका नेताहरू खटिएका छन् ।