निर्वाचन आचारसंहिता कार्यान्वयनमा नरैनापुर गाउँपालिका उदाहरणीय
सिराज खाननेपालगञ्ज, वैशाख २३ गते । निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर गाउँपालिका जिल्ला भरिकै पालिकाहरुका लागि उदाहरणीय बनेको छ ।दलहरुसँग गरिएको सामान्य आग्रहकै भरमा सो गाउँपालिकामा पूर्ण रुपमा निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको नरैनापुरका निर्वाचन अधिकृत रेशम आचार्यले बताउनुभयो ।पालिकामा आचारसंहिता पूर्ण रुपमा पालना गराउन दल र उम्मेदवारहरु नै निकै गम्भीर भएर लागिपरेको उहाँले जनाउनुभयो । बाँकेका अन्य पालिकाबाट आचार संहिता उल्लङ्घन भएको सुनिए पनि नरैनापुरमा पूर्ण पालना भैरहेकोमा खुशी लागेको समेत आचार्यको भनाइ छ ।‘हामीले दल तथा उम्मेदवारले गरिरहेका निर्वाचन लक्षित गतिविधिमा देखिएका सामान्य त्रुटिलाई मौखिकरुपमै औंल्याइदिन्छौं । उहाँहरु निर्वाचन आचारसंहिता कार्यान्वयनमा सचेत हुनुहुन्छ । सबैको सहयोगले निकै सजिलो भएको छ,’ निर्वाचन अधिकृत आचार्यले भन्नुभयो ।जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने सो गाउँपालिकामा सुरुमा खटिँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने लागेकोमा अहिले त निकै सजिलो र सहज भएको उहाँले बताउनुभयो ।नरैनापुरमा दलहरुले आचारसंहिताको पालना गर्न सक्रिय सहयोग गरिरहेका छन् भने प्रहरीले पनि निकै सक्रियता देखाएको छ । अध्यक्ष पदका उम्मेदवार इश्तियाक अहमद शाहले आचारसंहिता पालना गर्न सबै कार्यकर्ता र समर्थकलाई गम्भीर रुपमा निर्देशन दिइएको बताउनुभयो ।उहाँले अन्य दलका उम्मेदवारहरुले पनि सो कार्यमा राम्रो सहयोग गरिरहेको पाइएको बताउनुभयो ।यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र मौर्यले पनि आचारसंहिता पालना र शान्तिपूर्ण प्रतिस्पर्धा गर्न सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिइएकाले राम्रो परिणाम आएको बताउनुभयो ।उता, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको जनाउँदे आफ्नो क्षेत्रमा आचारसंहिता विपरीतका कुनै पनि गतिविधि हुन नदिएको बताउनुभयो ।वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सबै दल र उम्मेदवारहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
धनगढीमा त्रिपक्षीय प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा यतिबेला चुनावी तापमान बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानीसमेत भएकाले सबैको ध्यान धनगढीमा केन्द्रित छ । यस उपमहानगरपालिकामा प्रमुखका लागि सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनता पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्त विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापासहित स्वतन्त्रबाट गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्त चुनावी मैदानमा उत्रिनुभएको छ ।
भोट माग्न नपाउने भन्दै माओवादी कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि कुटपिट
नेपाली काँग्रेसलाई भोट माग्न नपाउने भन्दै बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा (माओबादी केन्द्र) कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन् ।
निर्वाचनका लागि बाहिरिनेको चाप
स्थानीय तह निर्वाचन हुन एक साता बाँकी रहँदा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ । मताधिकार प्रयोग गर्न घरतर्फ जानेको लर्काे बसपार्कमा निकै बढ्न थालेको छ । न्यून सङ्ख्यामा बस जाने गरेका पहाडी जिल्लामा जान नियमित नम्बरका बसमा टिकट बुक भइसकेको छ । अतिरिक्त बस सञ्चालन नगरिए यात्रुले सास्ती भोग्नुपर्ने देखिएको छ ।
सूर्यविनायकमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा
भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख दुई पार्टी नेकपा (एमाले) र नेपाली काँग्रेसका उम्मेदवारले नगर प्रमुखको निर्वाचन जित्ने दाबी गरेका छन् ।
पुनः छापिए मतपत्र
स्थानीय तह निर्वाचन २०७९ मा ४३ पालिकाका लागि करिब १३ लाख मतपत्र दोहो¥याएर छापिएको छ । आयोगले अनुमानका आधारमा छापेको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि कामै नलाग्ने भएपछि दोहो¥याएर छाप्नुपरेको हो ।
तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
नमुना मतदानमा १३ प्रतिशत मत बदर
गुल्मीमा बदरमत कम गर्ने लक्ष्यले सम्पन्न गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ ।
प्रतिस्पर्धामा तीन उम्मेदवार
वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा ३० जनाको उम्मेदवारी परे पनि मुख्य तीन जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह, नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी र पत्रकार गिरीश गिरीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।