निर्वाचन विरोधी गतिविधि नगर्न गृहको आग्रह
गृह मन्त्रालयले स्थानीय निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत मन्त्रालयले वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरेक नागरिकले राजनीतिक अधिकार स्वरुप प्राप्त मताधिकारको स्वतन्त्र रुपले प्रयोग गर्न पाउनुपर्ने उल्लेख छ ।
डडेलधुराको विकासका लागि दृढ छु : सभापति देउवा
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको विकासका लागि आफ्नो दृढता पुनः दोहो¥याउनु भएको छ । उहाँले मतदातासँग विकासका लागि नेपाली काँग्रेसलाई जिताउन आग्रह पनि गर्नुभएको छ ।
एमालेको उद्देश्य देश विकास : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मुख्य उद्देश्य देश विकास गर्नु रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले देश बनाउने विषय साझा अभिभारा भएकाले यसका लागि सबैले संकल्प गर्नुपर्ने बताउनुभयो ।
अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन बन्द हुने
मतदानका दिन यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सो निर्णय गरिएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले नियमित पत्रकार सम्मेलनमा सोमबार जानकारी गराउनुभएको हो ।
मौन अवधि मङ्गलबार रातिबाट सुरु
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । सोमबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिनुभयो ।
बागी उम्मेदवार सह्य छैन, कारबाही गर्छौ : देउवा
बागी उम्मेदवार सह्य छैन, कारबाही गर्छौ : सभापति देउवा
शुक्रबार सार्वजनिक बिदा
सरकारले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहको प्रमुख–उपप्रमुखमा सत्तारुढ गढबन्धन र नेकपा एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौँ: अध्यक्ष प्रचण्ड
काठमाडाैं, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएकाे छ ।स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा उहाँले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएकाे हाे । उहाँले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेकाे बताउँदै त्यसलाई परास्त गरी परिवर्तनका एजेण्डा स्थापित गराउन अपिल गर्नुभएकाे छ ।अपिलमा भनिएको छ, ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् , त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईंको रुपमा लिएका छौँ।’प्रचण्डले निर्वाचनमार्फत् स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा , स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत् सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सकिने र त्यसको जिम्मेवारी माओवादी क्रान्तिकारीकै काँधमा आएको पनि उल्लेख गर्नुभएकाे छ ।अपिलमा अध्यक्ष प्रचण्डले यथास्थितिमै रुमल्लिन रहर र छुट दुबै नभएको बताउँदै भन्नुभएकाे छ, ‘त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईंमा नेकपा (माओवादी केन्द्र)लाई मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौँ।’