रुपन्देहीमा स्थानीय तह निर्वाचन तयारी पूरा
स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको व्यवस्थापन भएको कार्यालयले जनाएको छ ।
बाजुरामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
जिल्ला प्रशासन कार्यालय बाजुराले चुनावको समयलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।
उम्मेदवारको मृत्युपछि तुलसीपुर–१७ मा जेठ ३ गते निर्वाचन
नेकपा (एमाले)बाट वडाध्यक्ष पदमा उम्मेदवार दिनुभएको लबरु चौधरीको मृत्यु भएपछि निर्वाचन आयोगले जेठ ३ गते निर्वाचन गर्ने निर्णय गरेको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
बाँकेमा निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन
बाँकेमा स्थानीय तह निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । खुला सीमानाका कारण बाँकेमा निर्वाचन सुरक्षा निकायको लागि ठूलो चुनौती रहेकोले सो चुनौतीको सामना गर्न जिल्लामा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको हो ।
कैलालीमा निर्वाचन तयारी पूरा
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि कैलालीमा सम्पूर्ण तयारी पूरा भएको छ । सफलता पूर्वक निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जानकारी दिएको हो ।
आर्थिक चलखेल रोक्न : मतदाताले नै प्रहरीको भूमिका निर्वाह गर्नुपर्छ
स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, भयरहित र विश्वसनीय तरिकाले सम्पन्न गर्न निर्वाचन आयोगले मङगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाएको छ ।
नयाँ परिचयपत्र लिन आउनेलाई मतदाता शिक्षा अनिवार्य
स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ। त्यसका लागि नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरेको निर्वाचन आयोगले जनाएको छ।
मौन अवधिमा पालना गर्नुपर्ने आचरण
स्थानीय तह निर्वाचनका सन्दर्भमा मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा राजनीतिक क्रियाकलाप सम्पूर्ण बन्देज गरिएको छ । यसका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । सो आचारसंहितामा मौन अवधिमा गर्न पाइने र नपाइने विषयका बारेमा स्पष्ट गरिएको छ ।
दुई लाख साठी हजार सुरक्षाकर्मी परिचालन
स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशीलको सूचीमा छन् ।