हुम्लामा पाँच जना महिला मतदान अधिकृत
शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विभिन्न पाँच जना महिलालाई मतदान अधिकृतका रुपमा खटाएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई सक्षमता र समावेशी बनाउन महिला कर्मचारीलाई जिम्मेवारी दिइएको मुुख्यनिर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताउनुभयो ।
मतदान केन्द्र निर्माण र परिचयपत्र वितरण
स्थानीय निर्वाचन २०७९ को पूर्वसन्ध्यामा मतदान केन्द्र निर्माण भइरहेका छन् तर केन्द्र निर्माणमा केही कठिनाइ देखिएको छ । निर्वाचन आयोगले २०७४ को चुनावका आधारमा मतदान केन्द्र निर्धारण गर्दा ‘बुथ’ निर्माणमा कठिनाइ उत्पन्न भएको छ ।
नामावलीमा नाम भए नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाउने
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।
जनस्वास्थ्य विदकाे सुझाव - मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गरौँ
शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ। भोट हाल्न उपत्यकासहित देशका विभिन्न सहरबाट गाउँघर फर्किनेको संख्या बढ्दै गएको छ।
प्रधानमन्त्री देउवाले रुवाखोलाको असिग्रामबाट मतदान गर्नुहुने
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्नुहुने भएको छ ।
उपत्यका छाड्नेको सङ्ख्या बढ्दै
वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि एक दिन मात्रै बाँँकी रहँदा काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या बढ्दैछ ।
सासूको मृत्युपछि बुहारी उपप्रमुख पदको उम्मेदवार
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका उपप्रमुख पदका उम्मेदवारको मृत्यु भएपछि नयाँ उम्मेदवार चयन गरिएको छ । नेपाली कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार दिनुभएका सुभावती कुर्मीको हृदयाघातबाट मृत्यु भएपछि सो पदमा उहाँकै बुहारीलाई उम्मेदवारी बनाइएको छ ।
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
“पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”
नयाँ मतदाता परिचयपत्र वितरण गरिँदै
काठमाडौंस्थित सङ्कटा मन्दिर परिसरमा रहेको वडा कार्यालय अगाडि स्थानीय तह निर्वाचनका लागि नयाँ मतदाता परिचयपत्र वितरण गरिँदैछ । निर्वाचन आयोगले नयाँ मतदाताहरुका लागि बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण गर्दै आएको छ ।