• ५ जेठ २०८१, शनिबार

उपत्यका छाड्नेको सङ्ख्या बढ्दै

blog

तस्बिर: विकास द्वारे

काठमाडौं, वैशाख २८ गते । वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि एक दिन मात्रै बाँँकी रहँदा काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या बढ्दैछ । 

पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ५६ सवारी साधन उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बुधबार दिउँसोसम्म प्राप्त तथ्यांक अनुसार काठमाडौंबाट ५९ हजार ६१ जनाभन्दा बढी काठमाडौं बाहिरिएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ३२ सवारीसाधन उपत्यका भित्रिएका छन् । 

जसमा ४२ हजार आठ सय ३२ यात्रु विभिन्न जिल्लाबाट काठमाडौं आउनुभएको कार्यालयले जनाएको छ ।