• ५ जेठ २०८१, शनिबार

सासूको मृत्युपछि बुहारी उपप्रमुख पदको उम्मेदवार

blog

नारद कोहार
तौलिहवा, वैशाख २८ गते ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका  उपप्रमुख पदका उम्मेदवारको मृत्यु भएपछि नयाँ उम्मेदवार चयन गरिएको छ ।

नेपाली कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार दिनुभएका सुभावती कुर्मीको हृदयाघातबाट मृत्यु भएपछि सो पदमा उहाँकै बुहारीलाई उम्मेदवारी बनाइएको छ । 

महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रीताकुमारी कुर्मीलाई उपप्रमुख पदको नयाँ उम्मेदवार बनाइएको हो । रीता सुभावतीकी जेठी बुहारी हुन् ।

त्यस्तै, निर्वाचन आयोगले उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा जेठ ३ गते निर्वाचन हुने नयाँ मिति तय गरेको छ ।

सो नगरपालिकाका निर्वाचन अधिकृत कुबेर पाण्डेले जेठ ३ गते निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको बताउनुभयो ।