उपनिर्वाचनको सुरक्षा तयारी पूरा
। नेपाल प्रहरीले वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो ।
इलाम उपनिर्वाचन : मतदानको दिन यातायात बन्द
इलाम–२ को उपनिर्वाचनका लागि वैशाख १५ गते अर्थात् शनिबार इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ ।
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।
बझाङ उपनिर्वाचन : उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक
शनिबार हुने प्रदेश सभा १ (१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।
उपनिर्वाचनका लागि सीमा नाका बन्द
इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले भरे राति १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गते राति १२ बजेसम्म सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
मतदान केन्द्रमा पठाइयो कर्मचारी
इलाम–२ को उपनिर्वाचन आउन चार दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ ।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।
कर्मचारी तयारी गर्दै जिल्ला निर्वाचन कार्यालय
वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय इलाम निर्वाचनमा खटिने कर्मचारीहरु तयारी तथा व्यवस्थापनमा लागेको छ ।
उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आयोगको पाँच बुँदे निर्देशन
निर्वाचन आयोगले उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सम्बद्ध निकायमा पाँच बुँदे निर्देशन जारी गरेको छ ।
इलाम –२ मा मतदाता शिक्षा कार्यक्रम
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम –२ मा मतदाता शिक्षा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन हुने ६ पालिकामा एक–एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेको छ ।
निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने
निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
महिलाको पहिलो घर अब संसद् : विज्ञ
आगामी निर्वाचनमा महिलाको धेरै सहभागिता सुनिश्चित हुने व्यवस्था गर्न निर्वाचन आयोगलाई विज्ञले सुझाएका छन् ।
इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरु
निर्वाचन आयोगले आज (सोमबार)देखि इलाम र बझाङ बाहेकका जिल्लामा प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ ।
निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ: प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताउनुभएको छ ।
इलाममा मदिरा बिक्रीमा रोक
इलाम २ को उपनिर्वाचनलाई मध्य नजर गरी इलाममा मदिरा बिक्रीमा रोक लगाइएको छ । इलाम क्षेत्र नं. २ मा यही वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि मदिरा बिक्रमा प्रतिबन्ध गरिएको हो ।
आजदेखि उपनिर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
इलाम– २ उपनिर्वाचन : अन्तिम नामावली प्रकाशन
इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
इलाम– २ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइँदै
आगामी वैशाख १५ गते हुने इलाम–२ को उप–निर्वाचनका मङ्गलबार उम्मेदवारहरुलाई चुनाव चिह्न दिइँदै छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय राखिएको छ ।
डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आह्वान गरेको छ ।
उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित
इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
इलाम उपनिर्वाचन : नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो उपनिर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु
वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
उपनिर्वाचन : इलाममा ७९ र बझाङमा ७४ मतदान स्थल
निर्वाचन आयोगले उपनिर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ । शुक्रबार आयोगलका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको जानकारी दिनुभएको हो ।