• २३ वैशाख २०८१, आइतबार

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ, वैशाख १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।