‘स्कुल बस’ दिने मुख्य मन्त्रीको घोषणा अधुरै
नेपाल सरकारले घोषणा गरेको बैतडीको नमुना ज्ञानेश्वर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको घोषणा अधुरै रहेको छ ।
संस्कृत विद्यार्थी सम्मेलन देवघाटमा सुरु
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ ।
विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा विद्यार्थीबाट निर्माण गरिएका शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुले आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरिएको हो । कार्यक्रममा हस्तलेखन र महिला हिंसाको विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ ।
नयाँ मान्छे देखेपछि विद्यालय छाडेर भाग्ने प्रधानाध्यापक !
अजिगारा ताल नजिकै एउटा विद्यालय छ । घाँटीमा क्यामेरा भिरेको देखेपछि एक जना हातमा केही कागजात निकालेर विद्यालयबाट बाहिरिनुभयो ।
दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधि उन्मुख हुनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवर्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्ने बताउनु भएको छ ।
आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीसँग राष्ट्रपति भण्डारी
भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका–५, मानेभन्जयाङ्गस्थित आफूले विद्यालय शिक्षा आर्जन गरेको विद्यालय बेहेरेश्वर माविका विद्यार्थीसँग बुधबार सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
‘पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा ध्यान केन्द्रित गरौँ’
राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरका सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ।
ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई पाँच रोपनी जग्गा प्रदान
एक जना ७५ वर्षका ज्येष्ठ नागरिकले विद्यालयलाई निःशुल्क जग्गा सहयोग गर्नुभएको छ । जग्गाको अभाव खेपिरहेको विद्यालयलाई नयाँ भवन निर्माणका लागि सहज बनाउन उहाँले जग्गा सहयोग गर्नुभएको हो ।
‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’
विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पीपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो ।
काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्तमा १६ सय विद्यार्थी दीक्षित हुँदै
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा एक हजार छ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन्।
शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्याउँछ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्याउने बताउनुभएको छ ।
स्ववियू निर्वाचनको मिति घोषणा गर्न अनेरास्ववियद्वारा माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।
लमजुङमा शैक्षिक सुधार कार्यक्रम सञ्चालन
लमजुङको राइनास नगरपालिकामा शैक्षिक सुधार कार्यक्रम सञ्चालन भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारीहरूले विद्यालय पुगेर त्यहाँको अवस्था बुझ्न थालेका छन् ।
विद्यार्थी अझै कटेरोमै पढ्न बाध्य
भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–८ स्थितको देवी माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कटेरोमै पढ्न र पढाउन बाध्य भएका छन् ।
एमडीबाट एमबीबीएसमा घटुवा
विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठानहरूले मात्रै प्रदान गर्नसक्ने चिकित्साशास्त्रअन्तर्गत डक्टर अफ मेडिसिन (एमडी)को प्रमाणपत्र नेपाली विद्यार्थीले फिलिपिन्सको तालिम केन्द्रबाटै ल्याउने गरेको पाइएको छ। त्यस्ता तालिम केन्द्रबाट विगतमा हासिल गरेको प्रमाणपत्रको समकक्षता रद्द गर्ने र अबदेखि समकक्षता नदिने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको छ। विदेशमा पढेर आर्जेको प्रमाणपत्रलाई स्वदेशमा त्रिविअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रले समकक्षता दिँदै आएको छ। केन्द्रका निर्देशक प्राध्यापक डा. पारसनाथ यादवले भन्नुभयो, “विगतमा तालिम केन्द्रबाट प्राप्त प्रमाणपत्रलाई दिइएको समकक्षता पनि रद्द गर्ने निर्णय गरिएको छ।”
जन्मदिनमा ६० विद्यार्थीलाई न्यानो कपडा
जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७९/८० मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरिएको कार्यालयले जनाएको छ ।
छात्रावासले दुर्गमका विद्यार्थीलाई राहत
ताप्लेजुङको दुर्गम हिमाली क्षेत्रमा रहेको एक विद्यालयमा छात्रावास सञ्चालनमा आएपछि विद्यार्थीलाई राहत पुगेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा छात्रावास निर्माणसँगै सञ्चालनमा आएपछि विद्यार्थीलाई राहत पुगेको हो ।
इस्लिङटनले थाइल्याण्ड र म्यानमारको कलेजको व्यवस्थापन गर्ने
कमलपोखरीस्थित इस्लिङटन कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन सम्हाल्ने भएको छ।
१० वटा विद्यालय भवन पुनर्निर्माण हुन सकेनन्
गत २०७२ को भूकम्पले क्षति भएका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन् ।
त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन्।
उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
वीरेन्द्रनगरका युवाले बनाउनुभयो, पेट्रोलबाट चल्ने गाडी
सुर्खेतको वीरेन्द्रनगरका १९ वर्षीय दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन बनाउनुभएको छ ।
जहाँ बालबालिका बोरा बोकेर विद्यालय जान्छन्
रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य छन्।