• २० असार २०८१, बिहिबार

जन्मदिनमा ६० विद्यार्थीलाई न्यानो कपडा

blog

कपडा प्राप्त गरेपछि शिक्षक र अविभावकसँग सामुहिक तस्बिर खिचाउँदै थोकपन माविका छात्रछात्रा । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, मङ्सिर २६ गते । जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।

फिदिम नगरपालिका –१ मा सिदिन डेरी सञ्चालन गर्दै आउनुभएका गोपाल रिजालले आफ्ना ९ बर्षीय छोरा दिपजल रिजालको जन्मदिनको अवसर पार्दै जिल्लाको फालेलुङ गाँपालिका –७ को थोकपन आधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना छात्रछात्रालाई जाडो याममा लगाउने स्वेटर र स्टेशनरी वितरण गर्नुभएको हो । 

रिजालले सोमबार बिद्यालयमै पुगेर विद्यार्थीलाई कपडा बितरण गर्नुभयो । कपडा वितरण कार्यक्रमको संयोजन जनसेवा समाज नामक सामाजिक संस्थाले गरेको थियो ।

कार्यक्रममा फालेलुङ –७ का वडाध्यक्ष टेकबहादुर केरुङ, सिद्वदेवी माविका प्रधानाध्यापक सुरेन्द्र केरुङ, पूर्व प्रधानाध्यापकहरु टेकनाथ रिजाल र ओमनाथ रिजाल, पूर्व वडाध्यक्ष शेरवहादुर केरुङ र जनसेवा समाजका अध्यक्ष राजेन्द अधिकारीले सहयोगकर्ता रिजाललाई धन्यवाद ज्ञापन गर्नुुभयो । रिजाल सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ ।