विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी
बुटवल सुख्खानगरमा रहेको एभरेस्ट इङ्लिस माध्यमिक विद्यालयमा विज्ञान तथा चित्रकला प्रदर्शनी शनिवार सम्पन्न भएको छ । अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशनको अवसर पारेर विज्ञान सम्बन्धी नयाँ कुराको खोज, नयाँ कुराको प्रयोग र सृजनात्मक क्षमता बढाउने उद्देश्यले सो प्रर्दशनी गरिएको बताइएको छ ।
विद्यार्थीलाई युट्युबबाट पढाइ
सिन्धुलीको कमलामाई नगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन युट्युबबाट पढाइ सञ्चालनको तयारी गरेको छ । दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयले आवश्यक उपकरण सहयोग गरेपछि शिक्षकलाई तालिम दिएर पहिलो चरणमा सदरमुकाम सिन्धुलीमाढीस्थित कमला मावि, सिद्धबाबा मावि र गौमती माविमा युट्युबबाट पठनपाठनको तयारी सुरु गरिएको हो ।
आगामी वर्ष पाठ्यपुस्तक झनै अभाव हुन सक्ने
आगामी २०८० सालको शैक्षिक सत्रको स्कुले पाठ्यपुस्तक छपाइबारे नीतिगत निर्णयका लागि उठाइएको टिप्पणी साढे तीन महिनादेखि शिक्षाका केन्द्रीय निकायमा घुमेको घुम्यै छ । पाठ्यक्रम विकास केन्द्रले उठाएको फाइल यतिबेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट बिनानिर्णय पुनः केन्द्रमै फिर्ता भएको छ । समयमा नीतिगत निर्णय हुन नसक्दा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभावको समस्या झनै सिर्जना हुने अनुमान छ ।
आरोही महर्जनकाे बालविवाहविरुद्ध अभियान
सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई निरन्तरता दिनुभएको छ । उहाँले हालै महालक्ष्मी नगरपालिकाभित्रका १५ वटा सरकारी विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेर सो अभियानको निरन्तरता दिनुभएको हो ।
सङ्घीय शिक्षा ऐन मेरो प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
कामपाद्वारा नमुना विद्यालयलाई रु. ९० लाख प्रदान
काठमाडौँ महानगरपालिकाले तीन नमुना विद्यालयलाई रु. ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो ।
कृषकको उत्पादन विद्यार्थीलाई खाजा
जाजरकोटका सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा स्थानीय उत्पादन प्रयोगमा ल्याएका छन्। विद्यालयमा दिवा खाजा कार्यक्रमका संयोजक चन्द्रबहादुर विश्वकर्माका अनुसार विद्यालयमा हरियो सागपात, अन्न समूह, गेडागुडी र अन्य समूह (मासु) गरी कार्बाेहाइडे«ड, खनिज, भिटामिन, प्रोटिनलगायत आवश्यक पोषण तत्वको सम्मिश्रणसहितको दिवा खाजाको व्यवस्था गरिएको छ।
चिसोमा पनि खुला आकाशमुनि पठनपाठन
भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठा अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन ।
चौध वर्षपछि स्ववियु निर्वाचनको तयारी
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफूमातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रस्ताव गरेको छ। विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित मिति उपकुलपतिको अध्यक्षतामा बस्ने कार्यकारी परिषद्ले पारित गरेपछि मात्रै कार्यान्वयनमा जानेछ। स्ववियु निर्वाचन हरेक दुई वर्षको अन्तरालमा फागुन १४ गते गर्नुपर्ने व्यवस्था छ। पछिल्लो पटक २०७३ सालमा स्ववियु निर्वाचन भएको थियो तर विद्यार्थी सङ्गठनबीचको विवादका कारण त्यति बेला पनि उपत्यकाका १३ वटा र बाहिरका २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।
सामूहिकरूपमा भोजन गर्न बसेका बटुकहरू
मोरङ जिल्लाको लक्ष्मी नारायण वेदविद्याश्रम गुरुकुल विराटनगर–११ पाञ्चालीमा शुक्रबार सामूहिक रुपमा भोजन गर्न बसेका बटुकहरु
विद्यार्थीलाई न्यानो सुइटर वितरण
कपिलवस्तुमा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो सुइटर वितरण भएको छ । जिल्लाको शिवराज नगरपालिका ६ र बुद्धभूमि नगरपालिका वडा नम्बर २ ले साना बालबालिकालाई सुइटर वितरण गरेको हो ।
पृथ्वीनारायण क्याम्पसका जग्गामा पुल निर्माण हुँदा विरोध
पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट स्वीकृति नलिई सेती नदीमाथि पुल निर्माण गर्ने कार्यको विरोध गरेको छ ।
चैत ५ गते स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।
किताबमा देखेको जनावर चिडियाघरमा
यही मङ्सिर ९ गते हाम्रो विद्यालयले हामीलाई चिडियाखानाको भ्रमण लगेको थियो । विद्यालयको तर्फबाट मेरो शिक्षकले भनेअनुसार बिहान ९:३० बजे विद्यालय पुगेँ । चिडियाखाना जानका लागि नर्सरीदेखि ५ कक्षासम्मका विद्याथी थियौँ । शिक्षकले बताउनुभएअनुसार विद्यार्थीहरू चौरासी जना थिए भने शिक्षकहरू पाँच जना थिए । १०:३० बजे बस विद्यालयको चौरबाट गुड्यो । बसको झ्यालबाट बागमती नदीको पुलबाट मैले चोभार भन्ने ठाउँ पनि देखेँ । बस नख्खु हुँदै एकान्तकुनाबाट चक्रपथमा पुग्यो । त्यहाँ ट्राफिक जाम रहेछ । हाम्रो बसको चालकले ट्राफिक प्रहरीको इसाराअनुसार बस रोक्नुभयो । ठाउँठाउँमा ट्राफिक नियम पालना गर्दै बस अगाडि बढ्यो । प्रत्यक्ष देख्दा झन् रमाइलो लाग्यो ।
नर्सिङका विद्यार्थी प्रयोगात्मक कक्षामा
चितवनको भरतपुरस्थित मैयादेवी कन्या कलेजको नर्सिङ सङ्कायमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक कक्षाअन्तर्गत गरेको प्रदर्शनी ।
पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका
बिहान सबेरै उठ्नु, ७ देखि ९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ ।
शीतलहरका कारण खजुराका विद्यालय बन्द
शीतलहर शुरु भएपछि बढेको अत्यधिक चिसोले बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द गरेको छ । अत्यधिक चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन
विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन निमार्ण भएका छन् । भूकम्प प्रतिरोधात्मक भवन निमार्ण पछि विद्यार्थीहरू सुरक्षित रूपमा अध्ययन गर्न पाएका छन् ।
बुद्धभूमिमा राष्ट्रपति रनिङ शिल्ड सुरु
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड र मेयर कप प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले मंगलबार प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
खेतमा रमाउँदै कृषि समूहमा विद्यार्थीहरू
पछिल्लो समयमा सामुदायिक विद्यालयहरूले माध्यमिक तहमा सञ्चालन गरेको प्राविधिक शिक्षा तर्फको कृषि विषयका विद्यार्थीहरू कृषि कार्यका लागि खेतमा रमाउन थालेका छन् ।
शीतलहरका कारण विद्यालय बन्द
अत्यधिक चिसो र शीतलहरका कारण कपिलवस्तुमा विद्यालय बन्द गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोदन गाउँपालिकाले विद्यालय बन्द गरेका हुन ।
विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
ताप्लेजुङमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । विभिन्न छ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो ।
ञिङ्मा मोन्लम काठमाडौँमा सुरु
काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रको शेर्पा गुम्बामा १३ औँ नेपाल ञिङ्मा मोन्लम (प्रणिधान पूजापाठ) कार्यक्रम सुरु भएको छ । नेपाल बौद्ध ञिङमा सङ्घको आयोजनामा पौष १७ देखि २२ गते सम्म छ दिने मोन्लम पूजा सुरु भएको हो ।
विद्यालय बालमैत्री छ कि छैन ?
भाइबहिनीहरू तिमीहरूलाई नि थाहा नै छ । विद्यालय बालबालिकाको सिक्ने ठाउँ हो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय शिक्षाको धेरै महत्त्व छ । हाम्रो घर वरपरको वातावरणजस्तै विद्यालयको वातावरण पनि बालमैत्री हुनुपर्छ । बढ्दो उमेरका बालबालिकामा सिकाइसँगै वरपरको वातावरण कस्तो छ भन्ने कुराले झन् धेरै महत्त्व राख्छ । आवश्यक