• ८ जेठ २०८१, मङ्गलबार

सहज सिकाइका लागि गणित पार्क

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३० गते । गणित (म्याथ) विषयलाई प्रयोगात्मक र जीपनोपयोगी बनाउन म्याथ पार्क निर्माणको सुरुवात गरिएको छ । म्याथ विषय गाह्रो हो भन्ने विद्यार्थी तथा अभिभावकको बुझाइमा परिवर्तन ल्याउन शैक्षिक संस्थामा म्माथ पार्क निर्माण गरिएको हो । 

राजधानीको बूढानीलकण्ठमा रहेको इम्पेरियल बर्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको मंगलबार शुभारम्भ गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, (विज्ञान, प्रविधि) सचिव प्रमिलादेवी बज्राचार्यले विज्ञान र म्याथप्रति विद्यार्थीको आर्कषण पछिल्लो समय घट्दै गएको सन्दर्भ उल्लेख गर्दै यसले विद्यार्थीको सिकाइ सहज हुने विचार व्यक्त गर्नुभयो । 


म्याथ पार्क निर्माण नयाँ थालनी भएको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले यस खालको पार्क सबै विद्यालयमा स्थापना हुनुपर्नेमा जोड दिनुभयो । 

काटमाडौँ विश्वविद्यालयका अध्यापक विनोद पन्तले म्याथ विना कुनै पनि विद्यार्थीको अध्ययन पूरा नहुने भएकाले विद्यालय तहदेखि नै यसको महत्व बोध गराउनुपर्ने बताउनुभयो । विद्यालयका प्रिन्सिपल जुनिता शाही कार्कीले रमाइलो तरिकाले म्याथ सिक्न सहज होस् भन्ने हिसाबले म्याथ पार्क निर्माण गरिएको जानकारी दिनुभयो । म्याथ पार्कमा विद्यार्थीले अध्ययनको क्रममा निर्माण गरेका म्याथका विभिन्न विषय राखिएको छ ।