सुविधा नलिएका शिक्षकलाई पुनः अवसर
विगतमा सरकारले दिएको उपदान (गोल्डेन हेन्डसेक) सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ । यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।
विद्यालय पहुँचबाहिर बालबालिका
भेरी नगरपालिकामा ११४ जना बालबालिका विद्यालयको पहुँचबाहिर रहेको पाइएको छ। नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले नगरपालिकामै बालबालिका विद्यालयबाहिर हुनु, बालविवाहमा वृद्धि हुनु, अभिभावक र सरोकारवाला निकाय गैरजिम्मेवार हुनुको परिणाम भएको बताउनुभयो।
सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा
काठमाडौँमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर यी दुवै विश्वविद्यालयको चितवनको खैरहनीमा र रामपुरमा आङ्गिक क्याम्पस सञ्चालनमा छन्। दुई फरक विश्वविद्यालयले एकै प्रकृतिका शैक्षिक कार्यक्रम एकै स्थानमा सञ्चालन गर्दा उच्च शिक्षामा दोहोरोपन देखिएको छ। त्यस्तै कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिम विश्वविद्यालय र चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको कृषि क्याम्पस कैलालीको टीकापुरमा एकै ठाउँमा छ। मुलुकमा सञ्चालित विश्वविद्यालयहरूमा सम्बन्धन दिने नीति र मापदण्ड प्रभावकारी नभएको यी दुईवटा उदाहरणबाट स्पष्ट हुन्छ। साथै विश्वविद्यालयको सम्बन्धन प्रक्रिया अव्यवस्थित रहेको पनि यसबाट पुष्टि हुन्छ।
विद्यार्थी तथा शिक्षकलाई ज्याकेट
सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ का दुई विद्यालयका १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरिएको छ । मध्ये चिसोको समयमा पद्मकन्य आधारभूत विद्यालय र सिद्धकाली आधारभूत विद्यालयका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई एड फर नेपालले एक/एक थान ज्याकेट प्रदान गरेको हो ।
महानगरद्वारा बालबालिकालाई न्यानो कपडा
भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झण्डै एक हजार जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
शीतलहरले विद्यालय जान मान्दैनन् बालबालिका
पुस लागेसँगै तराईमा चिसो हावा र शीतलहर सुरु भएपछि अचाक्ली जाडो भएर बालबालिका विद्यालय जान मानेका छैनन् ।
शिक्षक नहुँदा विद्यार्थीले पाएनन् पढ्न
अर्घाखाँचीको वराहनेटा आधारभूत विद्यालयमा कक्षा ७ को गणित विषयको नियमित पढाइ हुनसकेको छैन। सदरमुकाम सन्धिखर्कमा रहेको सो विद्यालयमा शिक्षकको अभावमा उक्त विषयको पठनपाठन हुन नसकेको हो।
दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गर्ने तयारी
ताप्लेजुङमा दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । कम्प्युटर साक्षरता अभियानमार्फत् राइट स्टेप एजुकेसन एकेडेमी नामक संस्थाले कम्प्युटर शिक्षा प्रदान गर्ने भएको हो ।
नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक
उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन् । इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता आए । पढ्ने रहर मनमा छँदैथियो । इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई केहीले छेक्दैन ।
विद्यालयहरूमा उपचारात्मक कक्षा सञ्चालन
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका विद्यालयहरूमा उपचारात्मक कक्षा सञ्चालन गरिएको छ । कमजोर विद्यार्थीहरूलाई विशेष समय दिएर उनीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सञ्चालन गरिएको हो ।
विद्यालयको आठ कोठे पक्की भवन बन्दै
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवास्थित साँवा माध्यमिक विद्यालयको पक्की भवन निर्माण हुनेभएको छ । एक अन्तर्राष्ट्रिय संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को आर्थिक सहयोगमा आठ कोठे पक्की भवन निर्माण हुने भएको हो ।
‘हामीले किताब कहिले पाउने ?’
जिल्लाको शुभकालिका गाउँपालिका –७ की मेनका शाहीले अर्को शैक्षिक सत्र आउन लाग्दासम्म किताब नपाएको गुनासो गर्नुभयो ।
नतिजाको सुरसार छैन नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ। स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय र स्नातकोत्तर तहको भर्ना आह्वान गर्ने शिक्षाध्यक्षको कार्यालयबीच समन्वय नहुँदा विद्यार्थी भने अन्योलमा छन्। स्नातकोत्तर तहको भर्ना शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको सम्बन्धित डिन कार्यालयले गर्छ।
शिक्षाले उद्यमशीलतामा जोड दिनुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दकिशोर पुनले अहिलेको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति आफैँलाई बोझ हुने स्थिति बनेको बताउनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न नसकेको भन्दै उद्यमशीलतालाई जोड्ने गरी शिक्षालाई अघि बढाउनुपर्ने बताउनुभयो। शुक्रबार नवलपुरको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो।
विपन्न विद्यार्थीलाई न्यानो कपडा
कपिलवस्तु शिवराज नगरपालिका –१ का सरस्वती आधारभूत विद्यालयका २७ जना विपन्न विद्यार्थीले न्यानो कपडा पाएका छन् । विपन्न परिवारका विद्यार्थी जाडो याममा विद्यालय जाँदा सास्ती खेप्नु परेपछि पितृको स्मृतिमा चन्द्रौटा बजारका व्यवसायी विष्णु कँडेल र गीता कँडेलले न्यानो कपडा वितरण गर्नुभएको हो ।
धनुषाका सबै विद्यालय बन्द
शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले आज (शुक्रबार) धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।
बीपी प्रतिष्ठानमा शिक्षाध्यक्षमा प्रा.डा. शर्मा नियुक्त
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा इन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने
आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुनेभएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत हुनुहुन्छ ।
दुई दिने स्वास्थ्य तथा शारीरिक शिक्षासम्बन्धी कार्यशाला सम्पन्न
नेपालका विभिन्न क्याम्पसमा स्वास्थ्य तथा शारीरिक शिक्षा अध्यापन गराउने शिक्षकहरूको कार्यमूलक अनुसन्धानसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
१३ जोडी जुम्ल्याहा विद्यार्थीलाई सम्मान
पूर्वी नवलपरासीको कावासोती–३ मा अवस्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयले १३ जना जुम्ल्याहा जोडी विद्यार्थीलाई सम्मान गरेको छ ।
चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भए बालबालिका
चिसो भुईँमा पढ्न बाध्य रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका अब चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भएका छन् ।
सदाय समुदायका किशोरीहरु पढ्न पाएपछि खुशी
सखुवानन्कारकटि गाउँपालिका –३ पोर्ताहा गाँउमा श्री जनता माध्यमिक विद्यालय भए पनि त्यस गाँउका दलित (मुसहर) समुदायका शिक्षाबाट बञ्चित रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरु अहिले पढने वातावरण मखमली उडान सिकाइ केन्द्रले जुराइदिएपछि खुशी भएर पढ्न थालेका छन् ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एक हजार पाँच सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा (ट्रेक सुट) वितरण गरेको छ ।