• २० वैशाख २०८१, बिहिबार

नो अब्जेक्सन लेटर लिनेको पनि भीड

blog

भक्तपुर, फागुन १७ गते । उच्च शिक्षाका लागि विदेशिन चाहनेहरूको लर्को पनि उत्तिकै बढेको छ । अध्ययनका लागि विदेशिने गरे पनि अधिकांशको लक्ष्य रोजगारी नै हुने गरेको छ । 

यो पनि पढ्नुहोस

थामिएन विदेशिने नेपालीको लस्कर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा ४५ हजार ९१२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख १४ हजार जनाले यस्तो कागजात लिएका थिए । यसैगरी माघमा सात हजार ६१८ जनाले नो अब्जेक्सन लेटर प्राप्त गरेका छन् । अस्ट्रेलियाका लागि तीन हजार ५१७ जनाले, क्यानडाका लागि दुई हजार २४८ जनाले, कोरियाका लागि ५९६ जनाले, बेलायतका लागि ३५२ जनाले यस्तो कागजात लिएका थिए । शाखाका अनुसार नो अब्जेक्सन लेटरबापत गत माघमा मात्रै एक करोड ५९ हजार ९२ हजार रुपियाँ राजस्व उठेको थियो ।