६ करोड लगानीमा फार्म : दैनिक १५ हजार अण्डा उत्पादन
तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याउनुभएको हो ।
दूधको मूल्यवृद्धि फिर्ता लिन आग्रह
राष्ट्रिय दुग्ध विकास बोर्डले वृद्धि भएको दूधको मूल्य फिर्ताका लागि आग्रह गरेको छ ।
चारवटा सडक कालोपत्रे गर्ने चरणमा
पाँचथरको सदरमुकाम फिदिमसँग सिधा सम्पर्कमा जोडिने चारवटा ग्रामीण सडक कालोपत्रे गर्ने चरणमा रहेका छन्। सखरखण्डे-यासोक, शिवा दोभान-लुम्फाबुङ-नवमीडाँडा, फिदिम-फालोट र शनिबारे-लुङ्रुपमा-गोरुवाले सडक कालोपत्रे गर्न लागिएको हो।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ।
सुशासन र समृद्धिका निम्ति काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
मोलुङ हाइड्रोको १५ करोड रुपियाँको विद्युत विक्री
मोलुङ गाउँपालिका ओखलढुङ्गामा सञ्चालित मोलुङ हाइड्रोपावरले १५ करोड ६० लाख रुपियाँ भन्दा बढीको विद्युत विक्री गरेको छ ।
कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ।
पोखरालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।
सुनको मूल्य बढ्यो
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको छ ।
वनविहीन मधेशका ११० पालिका
मधेश प्रदेशमा ११० वटा पालिका प्राकृतिक वनविहीन छन् । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा १३६ वटा पालिकामध्ये ११० वटा पालिका प्राकृतिक वनविहीन छन् ।
भेडेटारमा खाना महोत्सव सुरु
धनकुटाको भेडेटारमा शनिबारबाट खाना महोत्सव सुरु भएको छ ।
भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन्। अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएपछि हाल भैरहवाबाट आन्तरिकतर्फका हवाई कम्पनीले मात्रै उडान गर्दै आएका छन्। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थलमा सुरुदेखि कुवेतको जजिरा एयरवेज र गत कात्तिक १७ गतेदेखि चार्टर उडान सुरु गरेको हिमालयले हाल उडान रोकेका हुन्। यात्रु अभाव, श्रम अनुमति र मौसम खराबीका कारण देखाउँदै दुवै हवाई कम्पनीले पुस लागेसँगै उडान रोकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक गोविन्द दाहालले बताउनुभयो। उहाँले भन्नुभयो, “विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरवेजले कुवेतमा गर्दै आएको साताको तीन उडान र मलेसिया चार्टर उडान गर्दै आएको हिमालय एयरलाइन्सले यात्रु अभाव देखाउँदै उडान रोकेका छन्। आउँदो माघदेखि पुनः उडान सुरु गर्ने आशा गरेका छौँ।”
वन नियमावली खारेज गर्न माग
सरकारले ल्याएको वन नियमावलीका विभिन्न प्रावधान विभेदपूर्ण रहेको भन्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले सो नियमावली खारेज गर्न माग गरेको छ । गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ मा स्वदेशी काठको खपत बढाउनुको साटो आयात बढाउने र सीमित पक्षलाई फाइदा पुग्ने किसिमका प्रावधान राखिएको भन्दै महासङ्घले यस्तो माग गरेको हो ।
मोलुङले साधारण सेयर निष्कासन गर्ने
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड साधारण सेयर निष्कासन गर्ने भएको छ । आयोजना क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण सेयर निष्कासन गर्न लागेको हो । आगामी मङ्गलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीले सेयर भर्न सक्नेछन् । प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कुल जारी हुने ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख ५० हजार बराबरको आठ लाख दुई हजार ५०० कित्ता साधारण सेयर प्रभावित क्षेत्रका लागि निष्कासन गरिने महर्जनले जानकारी दिनुभयो ।
रोगले रित्तिन थाले बङ्गुर फार्म
अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि म्याग्दीका फार्महरू रित्तिन थालेका छन् । एक सातायता बङ्गुर फार्महरूमा स्वाइन फिभरको सङ्क्रमण फैलिएको छ । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिक रूपमै पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो ।
बजार नभएपछि सस्तोमै बेच्न बाध्य
रेसुङ्गा नगरपालिका–३ का ३९ वर्षीय उदयबहादुर खत्रीको सुन्तला बगैँचामा लटरम्म सुन्तला छन् । सुन्तला बगैँचामा बोटले धान्न नसक्ने गरी सुन्तला फलेको देख्दा हेर्नेको मन लोभ्याउने गर्छ । एक सयभन्दा बढी बोट सुन्तलाले राम्रो फल दिएको देख्दा बगैँचामा जाने सबैले खत्रीलाई बधाई पनि दिने गर्छन् तर खत्रीलाई भने बाहिर देखेजस्तो नभएको र सुन्तला सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताले सताएको छ । आफ्नो बगैँचामा अहिले पाँच लाख रुपियाँभन्दा बढीको सुन्तला भएको उहाँको दाबी छ तर पर्याप्त बजार नपाउँदा सदरमुकाम तम्घासका एक व्यापारीलाई दुई लाख ५० हजार रुपियाँमै सबै सुन्तला बेच्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।
तोरी लगाउने बढे
सुनसरीका किसानले आफ्नै खेतबारीमा तेलहन बाली लगाउन थालेका छन् । खानका लागि तोरीको तेल उपयुक्त हुने र तोरीबाली लगाउन पनि सहज भएकाले इनरुवासहित आसपास क्षेत्रका स्थानीय किसान तोरी खेतीतर्फ आकर्षित बनेका छन । बजारमा पाइने खाने तेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्य नकारात्मक असर गर्न थालेपछि किसानको आफ्नै पहल र अगुवाइमा तोरी खेती लगाउने क्रम सुरु भएको हो ।
रोकिएन घरेलु श्रमिकको अवैध बाटो
सरकारले मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा महिलालाई जान रोक लगाएको छ वर्ष भइसकेको छ तर ती मुलुकमा महिला जाने क्रम भने रोकिएको छैन । अवैध बाटो हुँदै त्यहाँसम्म पुग्ने प्रचलन बढ्दो छ, जसले महिला असुरक्षित हुने क्रम पनि बढेको छ । तत्कालिन संसद्को श्रम तथा उपभोक्ता हित समितिले २०७३ चैत २० गते ती देशमा घरेलु काममा जाने महिला विभिन्न किसिमको शोषणमा परेको भन्दै सुरक्षाको प्रत्याभूति नभई ती देशमा घरेलु श्रमिक नपठाउन निर्देशन दिएको थियो । समितिको निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अर्को निर्णय नहुँदासम्म ती देशमा घरेलु काममा जान प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपालबाट नियमित बाटोबाट घरेलु काममा जान पाएका छैन । अनियमित बाटो हुँदै जाने क्रम भने रोकिएको छैन ।
दूधको मूल्यमा कार्टेलिङको प्रयास
नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपियाँ मूल्य बढाएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् । यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपियाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।
सकसमा व्यवसाय
देशैभर पोल्ट्री दिवस मनाइरहँदा कुखुरापालक किसानमा भने त्यति उत्साह देखिँदैन । कोरोना कहर सकिएसँगै आर्थिक मन्दी खेपिरहेका बेला कुखुराको मासु र अन्डा उत्पादनमा आएको गिरावटसँगै किसानमा उत्साह पनि खस्कँदै आएको हो । अझै कुखुरामा देखिएको बढ्दो रोगको सङ्क्रमण र बैङ्क तथा वित्तीय संस्थाले बढाउँदै गएको ब्याजदरले किसान उठ्नै नसक्ने गरी थला परेको गुनासो व्यवसायीको छ ।
ईयूको सुरक्षा जोखिम सूचीबाट हट्ने नेपालको अपेक्षा
नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (ईयु)को टोली नेपाल आउने भएको छ।
नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ ।
रसिलो सुन्तलाको निरस कथा
चार/पाँच दशकअघिसम्म कास्कीको बाटुलेचौर, हेम्जा, पुरानचौरलगायत गाउँ सुन्तला बगैँचाका कारण प्रख्यात थिए । ती ठाउँमा सुन्तलाको बगैँचा हेरेर को सम्पन्न को विपन्न भनेर छुट्याइन्थ्यो रे । त्यो बेला प्रत्येक घरका ठूल्ठूला पाटामा सुन्तलाका बगैँचा हुन्थ्यो रे । सुन्तलाजात बालीका वरिष्ठ बागवानी अधिकृत वसन्त श्रेष्ठ आमा र सानिमाले भनेको यतिबेला सम्झिँदै भन्नुहुन्छ, ‘‘त्यो बेलाका कुरा अहिले उखानजस्तै भयो । अहिले ती ठाउँमा सुन्तलाको बोट भेट्न पनि गाह्रो छ ।’’ कास्की बाटुुलेचौरका श्रेष्ठ आफू सानो हुँदा पनि गाउँमा जताततै सुन्तलाका बगैँचा देख्नुहु