रेले खोला जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सम्पन्न भएको छ । एक वर्ष अघि निर्माण थालेको आयोजनाले अगामी असार मसान्त सम्म निर्माण सक्ने लक्ष्य राखेको छ ।
हिल्साबाट आयात सुरु
कोरोना महामारी सुरु भएसँगै बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान आउन सुरु भएको छ । स्थानीय प्रशासनको पहलमा सिमकोट र नाम्खा गाउँपालिकाका व्यवसायीले सामान आयात सुरु गरेका हुन् । पहिलो चरणमा १८ वटा पिकअप भ्यानमा बुधबार चिनियाँ पक्षले भन्सारका कर्मचारीको उपस्थितिमा सामान ल्याइएको हो । आयात गरिएका समानमा व्यापारिक प्रयोजनका साथै विकास निर्माणका सामान पनि भित्रिएका छन् । चिनियाँ पक्षले अब नियमित रूपमा ताक्लाकोटबाट सामान पठाउने तर हाललाई नेपालबाट भने नलिने चिनियाँ पक्षको निर्णय भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । लामो प्रयासपछि हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान भित्र्याउन सफल भएको बताउनुभयो । उहाँले चिनियाँ पक्षसँग खाद्यान्न र इन्धनका विषयमा पनि कुराकानी भइरहेको जानकारी दिनुभयो ।
गहना बिक्री गर्ने बढे, आयात रोक्न माग
पुसयता सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने ग्राहकको सङ्ख्या बढ्न थालेको छ । सुनको मूल्य बढेको र बजारमा माग पनि घट्दै गएपछि गहना बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले ‘सिजन’ नभएका कारण बजारमा सुनको माग नै नभएको जानकारी दिनुभयो । “लगनको समय नभएका कारण बजारमा सुनको माग न्यून अवस्थामा छ,” उहाँले भन्नुभयो, “अहिले मूल्य बढेकाले नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहक बढी देखिन्छन् ।’
विद्युतीय सवारीको कारोबार ठप्प
विद्युतीय सवारीप्रति यातायात व्यवसायीको आकर्षण र माग बढ्दै गएको छ। यसैलाई लक्षित गरी प्रहरी र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा बर्दिबासमा दुईवटा चार्जिङ स्टेसनसमेत स्थापना भएको छ। पछिल्लो समय बैङ्कहरूले ऋण प्रवाह नगर्दा विद्युतीय सवारीसाधनको कारोबार र बिक्री वितरण ठप्प छ। चाहेर पनि विद्युतीय सवारीको प्रयोग बढाउन नसकेको यातायात व्यवसायीले जनाएका छन्। बैङ्कहरूले भने लगानी र धरौटीबीच सन्तुलन नमिल्दा विद्युतीय सवारीमा ऋण प्रवाह गर्न नसकेको बाध्यता प्रकट गरेका छन्।
मौसमी श्रमिकलाई श्रम स्वीकृतिको तयारी
वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) प्रणालीमा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी गरेको छ । विभागका अनुसार कोरियाका स्थानीय पालिकाले माग गर्ने नेपाली मौसमी श्रमिकको छनोट नेपालको स्थानीय पालिकाले गर्ने र मौसमी श्रमिक पठाउने कार्यविधि, २०७९ अनुसार अनुमति दिइने भएको हो ।
सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठीक ठाउँमा आउँछ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठीक ठाउँमा आउने बताउनुभएको छ ।
नेपाल बैंकको एक्सटेन्सन काउन्टर पुतलिबजारमा
नेपाल बैङ्क लिमिटेडले पुतलीबजार नगरपालिकाको प्राङ्गणमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
सामान आयातमा कडाइ गरेपछि राजश्व घट्यो
बिलासिताका वस्तु भन्दै सरकारले लामो समयसम्म केही सामानको आयातमा प्रतिबन्ध र केही सामानको आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष असर भन्सार राजश्वमा परेको छ । जसका कारण भैरहवा भन्सारको राजश्व सङ्कलन लक्ष्यको तुलनामा झण्डै आधा मात्र छ ।
खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो ।
प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले बढेको हो ।
सिक्टा सिँचाइ आयोजना : शाखा नहर निर्माण पूरा
सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरअन्तर्गतका चारवटा शाखा नहरको निर्माण सम्पन्न भएको छ । पूर्वी नहरमा पर्ने फत्तेपुर, राजकुलोका साथै एस एकदेखि एस फोरसम्म गरी छवटा शाखा नहरमध्ये फत्तेपुर, राजकुलो, एस दुई र एस फोरको निर्माण सकिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुईओटा शाखा नहरको भने काम बाँकी नै छ ।
थप विद्युत् निर्यातको अनुमति
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप ४३.६५ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सूचीकृत गर्न अनुमति दिएको छ । अनुमति पाउने दुई आयोजनामा २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै अब प्राधिकरणले ४५२.६ मेगावाटसम्म विद्युत् आईआईएक्समा बिक्री गर्न बाटो खुलेको छ ।
होटल व्यवसायमा भित्रियो एकोर ग्रुप
होटल व्यवसायमा अन्तर्राष्ट्रिय रूपमै चर्चित एकोर ग्रुप नेपाल भित्रिएको छ । नेपालमा सञ्चालनमा आउन लागेको दी मेट्रोपोलिटन होटलको व्यवस्थापन गर्ने गरी उक्त समूह नेपाल भित्रिएको हो । होटल सञ्चालक देशबन्धु बस्नेतका अनुसार एकोर समूहले उक्त होटल ‘मक्र्युर’ नाममा सञ्चालनमा ल्याउनेछ । भारतको नयाँ दिल्लीमा उक्त ब्रान्डलाई नेपालमा भित्र्याउन एकोर र दी मेट्रोपोलिटिनबीच सम्झौता भएको हो । एकोर समूहले एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका एक सय बढी देशका पाँच हजार ३०० बढी होटलको व्यवस्थापन गरिरहेको छ ।
रसुवाबाट निर्यात सुरु
लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिनुभयो । मङ्गलबार छ कन्टेनर स्वदेशी सामान भन्सार पास भएर निर्यात भएको उहाँले बताउनुभयो । चीनले कोभिड महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्ने गरी रसुवागढी नाका खुला गरेको जानकारी उहाँले दिनुभयो ।
रातभर भित्रिन्छ तस्करीका सामान
प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।
दक्षिण कोरियाबाट ल्याइएका गाई किसानलाई वितरण
हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ ।
कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
नेप्से परिसूचक ५९.८७ अङ्कले वृद्धि
साताको दोस्रो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिब पाँच महिना यताकै उच्च कारोबार समेत भएको हो । नेप्से परिसूचक ५९.८७ अङ्क बढेर १९८३.९५ बिन्दुमा पुगेको छ ।
अर्थतन्त्र नियन्त्रण बाहिर छैन : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
हुम्लाको सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
आन्तरिक आयस्राेत नभएको सिमकोट गाउँपालिका अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख सात सय तोकिएको छ ।
सुन्तला नबिकेपछि जुस तयार
जिल्लाको सिस्ने गाउँपालिका–७ र ८ मा उत्पादन भएको सुन्तलाले बजार नपाएपछि किसानहरुले खेर जान नदिएर जुस तयार गरेका छन् । यस वर्ष यहाँ सुन्तला उत्पादनमा वृद्धि भए पनि पर्याप्त बजार पाउन नसकेको जनाएको छ ।
रघुगङ्गाबाट थप एक करोड ८५ लाख बजेट विनियोजन
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरूमा एक करोड ८५ लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँ सभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरूको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।