रोगले रित्तिन थाले बङ्गुर फार्म
अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि म्याग्दीका फार्महरू रित्तिन थालेका छन् । एक सातायता बङ्गुर फार्महरूमा स्वाइन फिभरको सङ्क्रमण फैलिएको छ । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिक रूपमै पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो ।
बजार नभएपछि सस्तोमै बेच्न बाध्य
रेसुङ्गा नगरपालिका–३ का ३९ वर्षीय उदयबहादुर खत्रीको सुन्तला बगैँचामा लटरम्म सुन्तला छन् । सुन्तला बगैँचामा बोटले धान्न नसक्ने गरी सुन्तला फलेको देख्दा हेर्नेको मन लोभ्याउने गर्छ । एक सयभन्दा बढी बोट सुन्तलाले राम्रो फल दिएको देख्दा बगैँचामा जाने सबैले खत्रीलाई बधाई पनि दिने गर्छन् तर खत्रीलाई भने बाहिर देखेजस्तो नभएको र सुन्तला सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताले सताएको छ । आफ्नो बगैँचामा अहिले पाँच लाख रुपियाँभन्दा बढीको सुन्तला भएको उहाँको दाबी छ तर पर्याप्त बजार नपाउँदा सदरमुकाम तम्घासका एक व्यापारीलाई दुई लाख ५० हजार रुपियाँमै सबै सुन्तला बेच्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।
तोरी लगाउने बढे
सुनसरीका किसानले आफ्नै खेतबारीमा तेलहन बाली लगाउन थालेका छन् । खानका लागि तोरीको तेल उपयुक्त हुने र तोरीबाली लगाउन पनि सहज भएकाले इनरुवासहित आसपास क्षेत्रका स्थानीय किसान तोरी खेतीतर्फ आकर्षित बनेका छन । बजारमा पाइने खाने तेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्य नकारात्मक असर गर्न थालेपछि किसानको आफ्नै पहल र अगुवाइमा तोरी खेती लगाउने क्रम सुरु भएको हो ।
रोकिएन घरेलु श्रमिकको अवैध बाटो
सरकारले मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा महिलालाई जान रोक लगाएको छ वर्ष भइसकेको छ तर ती मुलुकमा महिला जाने क्रम भने रोकिएको छैन । अवैध बाटो हुँदै त्यहाँसम्म पुग्ने प्रचलन बढ्दो छ, जसले महिला असुरक्षित हुने क्रम पनि बढेको छ । तत्कालिन संसद्को श्रम तथा उपभोक्ता हित समितिले २०७३ चैत २० गते ती देशमा घरेलु काममा जाने महिला विभिन्न किसिमको शोषणमा परेको भन्दै सुरक्षाको प्रत्याभूति नभई ती देशमा घरेलु श्रमिक नपठाउन निर्देशन दिएको थियो । समितिको निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अर्को निर्णय नहुँदासम्म ती देशमा घरेलु काममा जान प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपालबाट नियमित बाटोबाट घरेलु काममा जान पाएका छैन । अनियमित बाटो हुँदै जाने क्रम भने रोकिएको छैन ।
दूधको मूल्यमा कार्टेलिङको प्रयास
नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपियाँ मूल्य बढाएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् । यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपियाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।
सकसमा व्यवसाय
देशैभर पोल्ट्री दिवस मनाइरहँदा कुखुरापालक किसानमा भने त्यति उत्साह देखिँदैन । कोरोना कहर सकिएसँगै आर्थिक मन्दी खेपिरहेका बेला कुखुराको मासु र अन्डा उत्पादनमा आएको गिरावटसँगै किसानमा उत्साह पनि खस्कँदै आएको हो । अझै कुखुरामा देखिएको बढ्दो रोगको सङ्क्रमण र बैङ्क तथा वित्तीय संस्थाले बढाउँदै गएको ब्याजदरले किसान उठ्नै नसक्ने गरी थला परेको गुनासो व्यवसायीको छ ।
ईयूको सुरक्षा जोखिम सूचीबाट हट्ने नेपालको अपेक्षा
नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (ईयु)को टोली नेपाल आउने भएको छ।
नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ ।
रसिलो सुन्तलाको निरस कथा
चार/पाँच दशकअघिसम्म कास्कीको बाटुलेचौर, हेम्जा, पुरानचौरलगायत गाउँ सुन्तला बगैँचाका कारण प्रख्यात थिए । ती ठाउँमा सुन्तलाको बगैँचा हेरेर को सम्पन्न को विपन्न भनेर छुट्याइन्थ्यो रे । त्यो बेला प्रत्येक घरका ठूल्ठूला पाटामा सुन्तलाका बगैँचा हुन्थ्यो रे । सुन्तलाजात बालीका वरिष्ठ बागवानी अधिकृत वसन्त श्रेष्ठ आमा र सानिमाले भनेको यतिबेला सम्झिँदै भन्नुहुन्छ, ‘‘त्यो बेलाका कुरा अहिले उखानजस्तै भयो । अहिले ती ठाउँमा सुन्तलाको बोट भेट्न पनि गाह्रो छ ।’’ कास्की बाटुुलेचौरका श्रेष्ठ आफू सानो हुँदा पनि गाउँमा जताततै सुन्तलाका बगैँचा देख्नुहु
अनुत्पादक लगानीले समस्या
सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरूले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को राजधानीमा आयोजित १२औँ वार्षिक साधारण सभाको अवसरमा उहाँले सहकारीको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताउनुभयो । खराब कर्जा लगानी उठाउन सहकारी अभियानसमेत नलागेको उहाँको भनाइ थियो ।
परियोजना ‘मोडल’मा अघि बढाउने तयारी
प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निर्देशिका तयार गरी सुझावका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो कार्यक्रमको निर्देशिका तयार गरी राय सुझावको लागि पेस गरेको हो । अर्थ मन्त्रालयबाट रायसुझाव आएपछि मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयले जनाएको छ ।
टोकन व्यवस्थापनमा सहजीकरण
वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले वैदेशिक रोजगारमा श्रम स्वीकृतिको टोकन व्यवस्थापनमा थप सहजीकरण गरेको छ । कार्यालयले श्रम स्वीकृति लिन चाहनेका लागि प्रत्येक दिन बिहान ११ बजेसम्म र अर्को दिन श्रम स्वीकृति लिनपर्नेका लागि प्रत्येक दिन दिउँसो ३ः३० बजेसम्म श्रम स्वीकृतिका लागि टोकन लिनुुपर्ने व्यवस्था गरेको हो ।
एमडीएमएस स्थगित भन्सार पनि सहज
मोबाइल दर्ता गर्नुपर्ने र भन्सारमा समेत कडाइ गर्ने नियमको आलोचना चर्किएपछि सरकारले तत्काललाई यो व्यवस्था स्थगित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत तत्काललाई यो व्यवस्था लागू नगराउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
सडक विस्तारले बैङ्किङ कारोबार ठप्प
नारायणगढ–गोन्द्रङ सडक विस्तारका क्रममा सडक क्षेत्रमा परेका नारायणगढका घर भत्काइएपछि सो क्षेत्रमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएको छ । भत्किएका घरमा कार्यालय रहेका बैङ्क तथा वित्तीय संस्थाले कारोबार बन्द गरेका छन् । गत शुक्रबारदेखि नै कारोबार रोकेको राष्ट्रिय वाणिज्य बैङ्क, नारायणगढ शाखाका प्रबन्धक रोमप्रसाद सिलवालले भन्नुभयो, “भौतिक संरचना भत्कनुका साथै टेलिफोन, बिजुली, इन्टरनेटको लाइन काटिएको छ । कसरी सेवा दिन सकिन्छ र ?” प्राविधिक विज्ञसहितको टोलीले मर्मत सुधार सुरु गरेकाले आइतबारसम्ममा सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
ऊर्जा क्षेत्रको संयुक्त प्राविधिक समिति बैठक सम्पन्न
नेपाल र भारतबीचको ऊर्जा क्षेत्र सहकार्य विस्तार गर्न १२औँ चरणको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकको तयारी सुरु भएको छ । बैठकका सम्भावित विषयवस्तु र ती पक्षको प्राविधिक अवस्थाबारे आपसी परामर्श गर्न नेपाल–भारत संयुक्त प्राविधिक समितिको बैठक मङ्गलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो ।
सात प्रतिशतले बढ्यो धान उत्पादन
यो वर्ष मुलुकभर धान उत्पादन झन्डै ७ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको बिहीबार सार्वजनिक गरेको हो । यो वर्ष धानको उत्पादन बढे पनि धान खेती गरिएको क्षेत्र भने २ प्रतिशतले घटेर १४ लाख चार हजार ७८९ हेक्टर रहको जनाइएको छ ।
बैङ्कले चार अर्ब सतसट्ठी करोड ब्याज फिर्ता गर्नुपर्ने
सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैङ्कले चार अर्ब ६७ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैङ्कलाई नेपाल राष्ट्र बैङ्कले नियमविपरीत असुल गरिएको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो । ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नगर्ने केन्द्रीय बैङ्कको अडानपछि बैङ्कहरू सो रकम फिर्ता गर्न तयार भएका हुन् । राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले २५ बैङ्कलाई सो बराबरको रकम फिर्ता गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
दर्ता नभएका मोबाइल आजदेखि नचल्ने
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाउन लागिएको हो ।
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण
विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ। तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो।
बैंकिङ समस्या निवारण गर्न प्रधानमन्त्रीसँग मोरङ व्यापार संघको अनुरोध
मोरङ व्यापार संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बैंकिङ समस्या निवारण गर्न अनुरोध गरेको छ।
अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहन्छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ ।
सीमा क्षेत्रको आयात र निर्यातलाई व्यवस्थित गर्न प्रजिअलाई निर्देशन
केन्द्रीय राजश्व चुहावट समितिको बैठकले राजश्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ।
कागती खेतीबाट मनग्य आम्दानी
सरकारी सेवाबाट निवृत्त भएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गर्नुभएको छ ।