पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु
पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो ।
कतारको नेपाली दूतावासबाट श्रम स्वीकृति सेवा
कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । सरकारले केही महिनाअगाडि मन्त्रीस्तरीय निर्णय गर्दै श्रम गन्तव्य देशबाट श्रम स्वीकृतिको व्यवस्था गर्ने घोषणा गरेको थियो । दूतावासबाट श्रम स्वीकृति बढीमा दुई पटकसम्म लिन पाइने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।
चामल आयात घट्यो, धान बढ्यो
चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रुपियाँको धान आयात भएको थियो । गत वर्षको तुलनामा एक अर्ब रुपियाँभन्दा बढीको धान आयात भएको हो ।
स्रोतको सुनिश्चितता गरेर योजना छनोट गरौं : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्न आग्रह गर्नुभएको छ।
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताउनुभएको छ ।
नयाँ वर्ष २०८० को पहिलो सातामा ३० अङ्कले घट्यो नेप्से
नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। गत साता ६७.६८ अङ्कले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अङ्कले गिरावट आएको छ।
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात
भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
टेलिकमले प्राधिकरणलाई ई–सिम उपलब्ध गराउने
नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न ई–सिम उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र नेपाल विद्युत् प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गर्नुभयो ।
प्रत्येक महिना बाहिरिन्छन् ६५ हजार
पछिल्लो एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०७९ साल (वैशाखदेखि चैतसम्म)मा सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएका हुुन् । यो सङ्ख्या विश्लेषण गरेर हेर्दा प्रत्येक महिना ६५ हजार र हरेक दिन दुई हजार १६६ जनाले श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको पाइएको छ ।
सेवा लिनुअघि प्रस्ट जानकारी लिनूस् : राष्ट्र बैङ्क
बैङ्क तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर मात्र सेवा लिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
खराब कर्जाको उच्च वृद्धिले नाफा औसत
उद्यम व्यवसायमा देखिएका शिथिलताको असर बैङ्कहरूको खराब कर्जा र नाफामा प्रतिविम्बित भएको छ । सञ्चालनमा रहेका २१ वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको तेस्रो चौमासिक विवरणअनुसार खराब कर्जा ३.०३ प्रतिशतमा पुग्दा बैङ्कहरूलाई नोक्सानीबापतको व्यवस्था (प्रोभिजनिङ)मा उच्च वृद्धि गर्दै नाफालाई औसतमा सीमित गर्नुपर्ने बाध्यतामा पुगेका हुन् । १.२२ प्रतिशतमा रहेको गत वर्षको खराब कर्जा दोब्बरभन्दा धेरै १.८१ प्रतिशत बिन्दुले बढेको छ ।
नेपालको कर प्रणालीमा गुगल दर्ता
विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको छ,” उहाँले भन्नुभयो।
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न : राजस्व किन कम उठ्यो ?
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ।
१० करोडसम्मको वैदेशिक लगानी स्वीकृत गर्न स्वचालित प्रणाली लागू हुँदै
उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरिदिन निगमको अनुरोध
नेपाल वायु सेवा निगमले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।
ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका प्रशंसनीय : महत
अर्थमन्त्री प्रकाशशरण महतले नेपालको जलविद्युत् उत्पादन क्षेत्रमा वैदेशिक लगानी सुरक्षित र उच्च प्रतिफलयुक्त रहने बताउनुभएको छ । विश्वमै हरित ऊर्जाको महत्व र आवश्यकता बढिरहेको भन्दै महतले नेपाली उत्पादकहरूले पनि लगानी प्रवद्र्धन गर्नुपर्र्ने बताउनुभयो ।
हिमपहिरोमा बेपत्ताको खोजी जारी
हिमपहिरोमा परी सगरमाथा क्षेत्रमा बेपत्ता भएका तीन जना भरियाको अवस्था एक सातादेखि अज्ञात छ । हिमपहिरोमा बेपत्ता भएका खुम्बु पासाङल्हामु गाउँपालिका–५, छेसोका तीन जनाको खोजी कार्य जारी रहे पनि हालसम्म फेला पार्न सकिएको छैन । आरोहीको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू चैत २९ गते हिमपहिरोमा बेपत्ता भएका थिए । बेपत्ताहरूको शेर्पाको समूह, रेको डिभाइस र हेलिकोप्टरबाट खोजी कार्य भइरहे पनि हिउँका ठूला ढिस्कामुनि पुरिएकाले खोजी कार्यमा कठिनाइ रहेको र हिउँ पग्लिएपछि थप खोजी कार्य गरिने इमाजिन ट्रेक नेपालका कार्यकारी निर्देशक दावा शेर्पाले बताउनुभयो ।
हस्तकला प्रवर्द्धनका लागि कोसेली घर
ललितपुर महानगरभित्र उत्पादित हस्तकला सामग्रीको उत्पादन, प्रवद्र्धन र बजारीकरण गर्न यल कोसेली घर सुरु भएको छ । ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला सङ्घसँग सहकार्य गरेर यल कोसेली घर सुरु गरेको हो । पाटन ढोकासँगै रहेको उक्त घरको मङ्गलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । कोसेली घरमा ढाकाका लुगा, झोला, मूर्तिलगायतका सामग्री सुपथ मूल्यमा पाइन्छ ।
हिमालतिरै फर्किए भेडीगोठ
हिमाली क्षेत्रबाट चरनका लागि पहाड झरेका भेडीगोठ हिमाली भेगतिरै फर्किन थालेका छन् । पूर्वी नेपालको भित्री मधेश र महाभारत शृङ्खलामा अवस्थित उदयपुर जिल्लामा हिउँदको मौसम सुरु भएसँगै बढेको जाडो छल्न यता झरेका भेडीगोठ तराईमा गर्मी बढ्न थालेपछि हिमाली भेगतिरै फर्कन थालेका हुन् ।
बन्दरगाहभित्र पार्किङमा आउन थाले गाडी
काठमाडौँको चोभार सुुक्खा बन्दरगाहमा मालवाहक सवारीसाधन पार्किङमा आउन थालेका छन् । पछिल्लो समय बन्दरगाहमा रहेको पार्किङ र गोदाम सुविधाका बारेमा जानकारी हुुन थालेपछि यसको प्रयोग बढ्न थालेको हो । बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुुन सकेपछि इन्टरमोडल यातायात विकास समितिले बन्दरगाहमा रहेको ८५ रोपनी जग्गामा पार्किङ र गोदामघरका रूपमा निर्माण गरेको थियो ।
तरकारी बजारमा थोक बिक्री समय घट्यो
देशकै ठूलो कालीमाटी तरकारी बजारको थोक बजार दिउँसो ३ बजेदेखि बन्द गर्न थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले थोक बजारमा दिउँसो ३ बजेपछि खुद्रा कारोबार गर्ने गरेको गुनासो आएपछि परीक्षणका रूपमा बन्द गर्न थालिएको हो ।
भारतबाट दूध आयात गर्न छलफल
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्ने कि नगर्ने विषयमा डेरी उद्योगी तथा सरोकारवालासँग छलफल गरेको छ । बोर्डले बुधबार नेपाली डेरी एसोसिएसन नेपाल, नेपाल डेरी उद्योग सङ्घ, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडलगायत अन्य सरोकारवालासँग छलफल गरेको छ । छलफलमा डेरी उद्योगीहरू भारतबाट झोल तथा धुलो दूधका साथै बटर पनि पनि आयात गर्नुपर्ने धारणा राखेका छन् ।
अगाडि बढ्दै साइबर सुरक्षा बिमा
लामो समयदेखि बहसमा आएर पनि कार्यान्वयनमा जान नसकेको साइबर सुरक्षा बिमा अब अगाडि बढ्ने भएको छ । सरकारले साइबर जोखिम वहन गर्नका लागि बिमाको व्यवस्था गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम वहन गर्न साइबर सुरक्षा बिमाको व्यवस्था गरिने उल्लेख छ ।