• १३ वैशाख २०८१, बिहिबार

तीन दिन यता विद्युत अवरोध

blog

प्रेमराज सिम्खडा

कालिकोट, जेठ २१ गते । कालिकोट जिल्लामा तिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला विद्युत विहीन भएको हो । दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता विद्युत बन्द भएको जनाइएको छ । 

शुक्रबार बिहान पाँच बजेबाट गएको बत्ती अझै आएको छैन । विद्युत वितरण केन्द्र कालिकोटका कुनै पनि फोन मोबाइलमा सम्पर्क हुन नसक्ने अवस्थामा छन् । प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले दैलेख खण्डमा पोल लडेका कारणले विद्युत अवरोध भएको भन्ने आफूले जानकारी पाएको बताउनुभयो । उहाँले तत्काल कहाँ कसरी हुन्छ छिटो बनाउन निर्देशन गरेको भए पनि त्यस यताको सूचना पाउन नसकेको जानकारी दिनुभयो । 

विद्युत नहुँदा जिल्लाका सञ्चार माध्य एफ.एम रेडियो बन्द भएका छन् । शुक्रबारको सरकारी सेवामा पनि अवरोध भएको छ । वीचमा शनिबार परेकाले सरकारी कार्यालयको सेवामा खासै असर नपरे पनि आज आइतबारको सेवामा भने प्रभाव पर्ने सरकारी कार्यालयको चिन्ता छ । खाँडा चक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले नगरका कामकाजमा समस्या हुने बताउनुभयो । 

केही फाटका कर्मचारीलाई शनिबार पनि काम गर्न लगाएको भए पनि विद्युत नभएका कारणले भुक्तानी, सम्झौता लगाएका कम्प्युटर मार्फत हुने काम अवरोध भएको प्रमुख शाहीको भनाई छ । कालिकोटमा एक मात्र विद्युत प्रसारणका लागि राष्ट्रिय प्रसारण लाइन भएको र उक्त लाइन अवरोध भएपछि पुरै कालिकोट जुम्ला सम्म विद्युत विहीन हुने गरेको छ ।