• १३ वैशाख २०८१, बिहिबार

वाणिज्य बैङ्क र एनटिभीबिच सम्झौता

blog

काठमाडौँ, जेठ २२ गते  । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल टेलिभिजनबिच व्यवसाय प्रवर्धन गर्न टिभिसी प्रसारण गर्ने सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा बैङ्क का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैङ्कले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बिचमा प्रसारण गर्ने छ । 

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् दुवै संस्थाको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरतालगायतको कार्यक्रमलाई टेलिभिजनमार्फत नागरिकमा पु-याउन सहयोग पुग्ने बताउनुभयो । 

बैङ्कले हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैङ्किङ सेवा सञ्चालन गर्दै आएको छ ।