अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस भएको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
फागुन २१ देखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।
आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ ।
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ ।
सरकारले घटायो बजेट लक्ष्य, ८७.३८ प्रतिशत मात्रै खर्च हुने (पूर्णपाठसहित)
सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।
मन्त्रीका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ : सांसद गैह्रे
मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति ‘बिजनेस’ पाएनन् ।
सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताउनुभएको छ ।
तीन महिना ढिला गरी कुस्माको बजेट प्रस्तुत
कुस्मा नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को लागि कुल बजेट निर्धारित समयभन्दा तीन महिनापछि मात्रै बुधवार सम्पन्न नगर सभा मार्फत सार्वजनिक भएको छ । कुस्मा नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ८७ करोड ८५ लाख सार्वजनिक गरेको हो ।
शुद्धोधनको बजेट ५६ करोड ४८ लाख
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५६ करोड ४८ लाख आठ हजार २३ रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना
प्युठानको नौ वटै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा खर्च गर्ने गरी बजेट ल्याएका हुन्। धेरैजसो स्थानीय तहको बजेट कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ।
महानगरका नीति तथा कार्यक्रम : मौलिकतासहितका सहरी पूर्वाधार निर्माणमा जोड
हरेक वर्ष जेठ १५ गते सङ्घीय बजेट र असार १ गते प्रदेशको बजेट सार्वजनिक गर्ने कानुनी व्यवस्थाअनुसार केन्द्र सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट ल्याइसकेका छन् ।
बुद्धशान्ति गाउँपालिकाको नीति तथा कार्यक्रम संशोधनसहित पारित
झापाको बुद्धशान्ति गाउँपालिकाको १२ औँ गाउँ सभा अधिवेशनले वार्षिक नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ ।
व्यास नगरपालिकाको बजेट एक अर्ब ६० करोड
तनहुँको व्यास नगरपालिकाकाले आइतबार करिब एक अर्ब ६० करोडको बजेट प्रस्तुत गर्ने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार नीति बजेट तथा कार्यक्रममा सो बजेट प्रस्तुत गर्न लागिएको हो ।
काठमाडौं महानगरको वार्षिक नीति कार्यक्रम पारित
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको छैन : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताउनुभएको छ ।
योजना छनोटमा जुट्यो स्थानीय तह
सिन्धुली जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि योजना छनोटमा जुटेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये मरिण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मङ्गलबार नै सार्वजनिक गरी सकेको छ ।
प्रदेश बजेट : छुट्टै बैंक खोल्नेदेखि लगानी सम्मेलन गर्नेसम्मका योजना
सबै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गत बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ भने बाँकी छ प्रदेशले शुक्रबार प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् ।
हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले ल्यायो ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट विनियोजन गरेको छ।
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड ५९ लाख (पूर्णपाठसहित)
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक (प्रत्यक्ष प्रसारण)
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटसार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्नुभएको हो।
गण्डकी प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ ।
कर्णाली प्रदेशको बजेट तथा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।