• १४ असार २०८१, शुक्रबार

शिवसताक्षी नगरपालिकाको बजेट ९६ करोड २६ लाख

blog

लीलाराज खड्का
बिर्तामोड,  असार ११ गते  ।
शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १४ औं नगरसभाबाट उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत, प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गर्नुभयो ।

उक्त बजेटमा तोकिएका समूहका व्यक्तिहरुको ३५ करोड रुपियाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।

जसमा आन्तरिक आम्दानी पाँच करोड ८७ लाख, लागत सहभागिता चार करोड, बाँडफाँट प्राप्त दुई करोड २७ लाख, सङ्घीय सरकारबाट ७८ करोड ६ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ ।

त्यस्तै, प्रदेश सरकारबाट समानीकरण एक करोड ११ लाख ३७ हजार, समपूरक अनुदान एक करोड ३० लाख, शसर्त अनुदान दुई लाख ३३ लाख, सवारी साधान बाँडफाँटबाट एक करोड ३० लाख गरी ८६ करोड २६ लाख बराबरको बजेट रकम नगरसभाबाट सार्वजनिक गरिएको हो ।

सीमित स्रोत साधनबिच बजेट निर्माण गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो ।  नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर एक करोड ३५ लाख बजेट छुट्याएको छ ।

त्यस्तै, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पशु सेवालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले बताउनुभयो । नगरले गौरवका आयोजनाहरु पूर्णरुपमा सम्पन्न नहुन्जेल तीनै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।नगरको रिङ्गरोडला पूर्णता दिने, स्मार्ट विद्यालय कार्यक्रम, नगरस्तरीय दुधे रङ्गशाला निर्माणमा निरन्तरता दिइने भएको छ ।

नगरभित्र रहेको धार्मिक तथा पर्यटनको विकासलगायत आगामी आवमा बालमन्त्री नगर घोषणाका लागि विभिन्न कार्यक्रमहरु गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरका ११ वटै वडालाई ६० लाखको दरले सिलिङ बजेट विनियोजन गरिएको छ ।