सुदूरपश्चिम प्रदेश सरकारको चालु वर्षको खर्च ३० प्रतिशत
चालु आर्थिक वर्षको ८ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारलको चालु आर्थिक वर्षको बजेट खर्च भने ३० प्रतिशतमा सिमित रहेको छ ।
मुख्यमन्त्री आचार्यद्वारा बजेट जनमुखी बनाउन निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ । स्रोतको चाप, शिथिल अर्थतन्त्र, खस्कँदो निजी क्षेत्रको मनोबल तथा लगानी, नतिजामुखी बन्न नसकेको कर्मचारी प्रशासन, न्यून विकास खर्चलगायत समस्या मुलुकले खेपिरहेको वर्तमान अवस्थामा कस्तो बजेट सरकारले ल्याउँदैछ भन्ने चासो स्वाभाविक हो ।
अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर बजेट ल्याइने छः अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले बजेटको तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ ।
बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्रीको जोड
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न नहुनेमा जोड दिनुभएको छ ।
कसरी बनाइन्छ देशको बजेट
यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त भएको छ भने संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय छलफल थालिसक्नुभएको छ ।
आगामी आवको बजेटबारे दुई मन्त्रालयसँग छलफल
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ ।
स्रोतको चर्को चापः नयाँ बजेटको गृहकार्य तीव्र
स्रोतको चर्को चापका बिच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनिय कटौतीदेखि राजस्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन ।
सुदूरपश्चिमले आइतबार बजेट प्रस्तुत गर्ने
चालु आर्थिक वर्षको दुई महिनासम्म बजेटविहीन सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते संशोधित बजेट प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
कालीकोटबाट एक अर्ब ११ करोड बजेट फिर्ता
कालीकोट जिल्लामा खर्च हुन नसकेको र यस वर्ष एक अर्ब ११ करोड बजेट फिर्ता गएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान बजेटमध्य खर्च हुन नसकेर यस वर्ष कालीकोटबाट एक अर्ब १० करोड ९९ लाख १९ हजार ६९९ रुपियाँ फिर्ता गएको हो ।
आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत
गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ ।
नेपालगन्ज उपमहानगरको बजेट पारित
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को बजेट पारित भएको छ । शनिबार बसेको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठकले असार १० गते पहिलो बैठकमा प्रस्तुत आर्थिक वर्ष ०८१/८२ को वार्षिक राजश्व र व्ययको अनुमान (बजेट० सर्वसम्मत पारित गरेको हो ।
काठमाडौँ महानगरद्वारा नीति, बजेट तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अधिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ बैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ ।
हुम्लाका गाउँपालिकाको बजेट दुई अर्ब ३९ करोडभन्दा बढी
हिमाली जिल्ला हुम्लाका छ वटा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि दुई अर्ब ३९ करोडभन्दा बढी बजेट रहेको छ । सबै गाउँपालिकाले गाउँ सभाबाट असार १० देखि १६ गतेसम्म सो बजेट पारित गरेको हो ।
तोकिएकै समयमा १६ पालिकामा बजेट
१८ वटा स्थानीय तह रहेको रौतहटमा १६ वटा पालिकाले निर्धारित मितिमा नै बजेट प्रस्तुत गरे पनि एउटा पालिकामा भने नगर सभा बिथोलिएको छ ।
खार्पुनाथको बजेट ३७ करोडभन्दा बढी
खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । सोमबार सञ्चालन भएको १५औँ गाउँ सभामा उपाध्यक्ष ज्ञानबहादुर सिंहले ल्याउन भएको बजेट पारित गरिएको हो ।
सिमकोट गाउँपालिकाको बजेट ४९ करोडभन्दा बढी
सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोडभन्दा बढी बजेट ल्याएको छ । सोमबार नवौँ गाउँ सभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रममा हुम्लाका गाउँपालिकाले कृषि पर्यटक र आयआर्जनलाई प्राथमिकता दिएको छ ।
तनहुँका नौ पालिकाको बजेट सात अर्ब ३८ करोड
तनहुँका १० मध्ये नौ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । ती पालिकाले करिब सात अर्ब ३८ करोडको अनुमानित आयव्यय सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बजेट व्यास नगरपालिकाको रहेको छ भने सबैभन्दा देवघाट रहेको छ ।
स्याङ्जाका ११ पालिकाले ल्याए साढे सात अर्बको बजेट
११ गाउँपालिका रहेको स्याङ्जाकामा सात अर्ब ५९ करोड ९६ लाख २५ हजार चार सय रुपियाँ बराबरको बजेट ल्याएका छन् ।
मुगुका दुई स्थानीय तहको बजेट सार्वजनिक
जिल्लाका चारवटा स्थानीय तहमध्ये दुई वटाले मात्र आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ५१ लाख दुई हजार ९६ रुपियाँ प्रस्ताव गरिएको छ ।
प्युठानका आठ पालिकाले ल्याए बजेट, एउटाको स्थगित
प्युठानका ९ वटा स्थानीय तहमध्ये ८ वटा पालिकाले सोमबारसम्म आगामी वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् भने एक वटा पालिकाको भने गाउँसभा स्थगित भएको छ ।
गुल्मीका स्थानीय तहको बजेट छ अर्बभन्दा बढी
गुल्मीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि छ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहले सोमबार एकै दिन छ अर्ब ७२ करोड ५४ लाख ५७ हजार ६८२ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।