प्रजातन्त्रपछिको पहिलो स्थानीय निर्वाचन
स्थानीय तहको निर्वाचनमा देशभरिबाट एक लाख ४५ हजार २२३ ले उम्मेदवारी दिएका छन् । तीमध्ये ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । निर्विरोध निर्वाचित भइसकेहरूको निर्वाचन आयोगले आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न बाँकी छ । देशभरिका ७५३ स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।
सूचना तथा सञ्चार प्रविधिको विकासमा के गर्दै छ सरकार ?
सूचना तथा सञ्चार प्रविधिमा भएको तीब्र विकासले गर्दा आधुनिक विश्व नै एक गाँउमा रुपान्तरण भएको छ । हालका वर्षहरुमा दीगो विकासका बुहत्तर लक्ष्य हासिल गर्न अवलम्वन गरिएका रणनीतिहरुको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहदै आएको छ ।
प्रदूषण शुल्क पन्ध्र अर्ब रुपियाँ सङ्कलन
पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब रुपियाँ सङ्कलन भएको छ ।आव २०६५-६६ देखि सरकारले पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । सो अवधिदेखि हालसम्म १५ अर्ब ६३ करोड ७३ लाख ३६ हजार ९१८ रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
ई–सरकार र समावेशी विकास
एक बलियो सूचना प्रणालीको आधारमा सञ्चालित सरकारलाई बलियो सरकारको उपमा दिइन्छ । राज्य सञ्चालनका लागि सूचना एक यस्तो महìवपूर्ण संसाधन हो, जसले सरकारलाई जवाफदेही मात्र बनाउँदैन अपितु यसले सरकारलाई आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्न तथा राज्य सञ्चालनमा जनताको सहभागिता सुनिश्चित गर्नसमेत मद्दत गर्दछ । जसका कारण सरकारको सक्षमता बढ्ने गर्दछ ।
‘समुचित प्रयोगबाट विकास लक्ष्य प्राप्त’
प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामको रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ का अवसरमा शुभकामना दिनुहुँदै उहाँले सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ ।
डिजिटल नेपालका लागि २२ अर्ब लगानी
डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि ‘डिजिटल नेपाल एक्सेलरेसन’ परियोजनामार्फत उक्त लगानी गर्न लागिएको हो ।
स्वचालित पेसीको तयारी
सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो । समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो ।
चुनावी चहलपहल : राजनीतिक दल मतदाताको घरदैलोमा
निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्।
रातो मछिन्द्रनाथको रथारोहण (फोटो फिचर)
काठमाडौं, वैशाख १८ गते। वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई रथारोहण भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त :बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रामा मच्छिन्द्रनाथको वैशाख २१ गतेदेखि रथ जात्रा सुरु हुनेछगरिनेछ।
६० जिल्लामा मतपत्र ढुवानी, अब १७ जिल्ला मात्र बाँकी
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मतपत्र ढुवानी धमाधम भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको छ भने अब १७ जिल्लामा मात्र ढुवानी गर्न बाँकी छ । सिन्धुली, रामेछाप र दोलखाका लागि सामग्री लोड भइसकेकाले १९ गते बिहान ढुवानी हुने आयोगका उपसचिव कमल ज्ञवालीले बताउनुभयो । वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको उहाँले बताउनुभयो । बाँकी रहेका जिल्लाहरुमा मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुरमा मतपत्र पठाउन बाँकी रहेको ज्ञवालीले जानकारी दिनुभयो । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी भइसक्ने ज्ञवालीले जानकारी दिनुभयो ।निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । यसअघि छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकामा आज भक्तपुर जिल्लाका लागि मतपत्र छपाइ सुरु भएको आयोगको भनाई छ । हिमाली सबै जिल्लामा मतपत्र पुगिसकेकाले तराईका सुगम जिल्लामा मतपत्र ढुवानी गर्न समस्या नरहेको आयोगको भनाई छ ।
निर्वाचनमा आँच पुर्याउने कुनै सामग्री पोष्ट नगर्न चेतावनी
निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालबाट पोष्ट नगर्न चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो ।
पायल्स भनेको के हो ?
पछिल्लो समय पायल्सको समस्या बढ्दै गएको छ। मलद्वारको समस्या भएकाले धेरैले यो समस्या लुकाउने गरेका छन्।
सिंह र अर्याल महानिरीक्षकमा नियुक्त
सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षक थापासहित १९ प्रहरी अधिकारीले अवकाश लिँदै
विक्रम संवत् २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षक (ईन्पेक्टर) मा भर्ना भएको ९८ औं ब्याचले ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउने भएको हो ।
विकास निर्माणमा केन्द्रित
स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा वडा कार्यालयदेखि पालिकाको केन्द्रसम्म सडकको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सबै गाउँ र नगरपालिकाको केन्द्रमा पक्की सडक निर्माण गर्ने तथा वडा कार्यालयदेखि पालिकासम्म आवतजावत गर्न सहज रूपमा सडक पु¥याउने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै करको दर कम गरी दायरा वृद्धि गर्ने र कम्तीमा पालिकाको एउटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने तथा पालिकास्तरमै सीप प्रवद्र्धन गरी आयआर्जन गर्ने प्रमुख दलका घोषणापत्रमा उल्लेख गरिएको छ ।
२५ वटा हिमाल आरोहण गर्दै ८९९ जना आरोही
यस महिना मात्र यी हिमाल आरोहण गर्न ७४ देशबाट १९५ महिला र ७०४ जना पुरुष गरी ८९९ जना आरोहीले अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिकामा काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा
स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका तर्फबाट चिरिबाबु महर्जन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट हरिकृष्ण ब्यञ्जनकार मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।
छ लेनको सडक ठप्प
माइतीघर–भक्तपुर छ लेन सडकको उत्तरतर्फको सेवा लाइनमा जडीबुटी चोकको पश्चिम–उत्तरमा त्रिपालले छोपेर राखेको एउटा घर छ । पूर्व र पश्चिम सडक विस्तार भइसक्दा पनि हुँदा उक्त घरकै कारण सो सडकखण्ड विस्तार रोकिएको छ ।
आजदेखि उपत्यकामा २७ करोड लिटर पानी
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो ।
मजदुरले अधिकार पाएको दिन
मेमहिनाको पहिलो दिनलाई सबै मजदुर वर्गले लामो सङ्घर्ष र ठूलो बलिदानबाट आफ्नो अधिकार स्थापित गरेको एक ऐतिहासिक दिनका रूपमा स्मरण गर्छन् । अठारौँ शताब्दीको प्रारम्भसँगै अमेरिकाको विभिन्न भागमा उद्योगधन्दा खुलिरहेका थिए । अमेरिका एक औद्योगिक मुलुकका रूपमा अघि आइरहेको थियो । त्यहाँको कारखानामा काम गर्ने मजदुरको सङ्ख्यामा हरेक दिन वृद्धि भइरहेको थियो तर मजदुरले अनेक शोषण, अन्याय र अव्यवस्थालाई बेहोरिरहन परेको थियो ।
पूरा भयो नदेखेको सपना
“गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ का बद्रीप्रसाद लम्सालले भन्नुभयो ।
निर्वाचन आयोगको अनुगमन टोलीद्वारा निर्वाचन सामग्री जफत
निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।
आर्थिक विकास र भौतिक पूर्वाधारमा पाँच दलीय गठबन्धनको जोड
तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ।
मातातीर्थमा श्रद्धा भक्तिसाथ भक्तजनहरू (फाेटाे फिचर)
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष मातीतीर्थ औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।