• १४ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी समक्ष चार राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असार १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त विभिन्न देशका राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल, जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।