• १३ साउन २०८१, आइतबार

मेलम्ची क्षेत्रमा भारी वर्षा, अति उच्च सतर्कता अपनाउन अनुरोध

blog

काठमाडौं, असार १८ गते । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा भएको छ । त्यसक्षेत्रमा राखिएको बाढी मापन केन्द्रले बाढीको उच्च मापन गरेसँगै अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान  महाशाखाले अनुरोध गरेको छ । 

मेल्म्ची नदी नकोटेको बाढी मापन केन्द्रमा जलसतह शुक्रबार साँझ भन्दा १.५ मिटरले बढेकाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै महाशाखाले विहानै सूचना जारी गरेको छ । 

सामाजिक सञ्जाल र मोवाइलमा एसएमएसबाट सूचना जारी गर्दै बिहान १० बजेसम्म ‍अति उच्च सतर्कता अपनाउन भनेको छ । सातादेखि लगातार परेको पानी शुक्रबार दिउँसो सामान्य रोकिए पनि पुनः रातिदेखि निरन्तर पर्दै आएको छ । अझै पनि देशभर केही दिन वर्षा नरोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यता निरन्तरको वर्षाले कोशी नदी अन्तर्गत भोजपुर र झापाको शनिश्चरेमा पानीको सतह बढ्दा सतर्कता तह पार गरेको छ ।