अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका दरले सहयोग दिइने
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सम्पन्न बैठकले जाजरकोट केन्द्रविन्दु बनाइ गएको भुकम्पबाट पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
भूकम्पपीडित शोक र पीडामा : तिहारको छैन रौनक
गाउँभरि ढकमक्क सयपत्री मगमगाउँदो छ । मखमली फूलले दाजुभाइको प्रतीक्षा गरिरहेका छन् । तर तिहारको रौनक भूकम्प प्रभावितलाई पटक्कै छैन ।
‘आफू बाँचे तर मेरो नाति बचाउन सकिनँ’
मध्यरात भुकम्प गएपछि घर यताउता हल्लाउन थाल्यो । सुतेकी थिएँ । ओछयानबाट उठन सकिन । छतबाट माटो खसेर मेरो आधा शरीर पुरिसकेको थियो । अर्कोतिर नाति कराएको सुनें ।
गम्भीर घाइतेको पनि मृत्यु, मृतकको सङ्ख्या सात पुग्यो
नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको संख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ ।
मृतकमध्ये चार जनाको पहिचान खुल्यो
नवलपुरको देबचुुली नगरपालिका ६ को गोरेघुुम्तीमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ ।
लक्ष्मीपूजामा १४ सय मेगावाट विद्युत् माग हुनसक्ने, ४०० मेगावाट भारत निर्यात
लक्ष्मीपूजाको दिन आइतबार साँझ विद्युतको उच्च माग (पिक डिमाण्ड) एक हजार ४०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।
प्रहरीको कुकुर पूजा (फोटो फिचर)
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज आइतबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल
आइतबार नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको बताउनुभएको हो ।
तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात
यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।
चिसो बढ्दैछ, त्रिपालको भरमा भूकम्प पीडित
रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्नु हुन्छ । त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठुलो पानीको आहाल छ । मौसमी चिसो बढ्दै छ । भूकम्पबाट त भागेर जोगियौँ तर चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले उहाँलाई सताइरहेको छ ।
स्वभाव अनुसार कुकुरको जिम्मेवारी
यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुरको पूजा गरिँदै छ । कुकुरलाई मानव सुरक्षाको महìवपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ । धार्मिक मान्यता अनुसार यमराजको दूतका रूपमा कुकुरलाई पूजा गरिन्छ । आधुनिक युगमा कुकुरलाई सुरक्षाका साथै अपराध अनुसन्धानमा पनि लगाइन्छ । नेपाल प्रहरीले सामान्य अनुसन्धानबाट नसुल्झिने जटिल घटनाको अनुसन्धानमा कुकुरलाई लगाइरहेको छ । त्यसरी अपराध अनुसन्धानमा कुकुरको स्वभाव अनुसार खटाउने गरिएको छ । ठुला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागुऔषधको अपराध अनुसन्धानमा खटाइने गरिएको छ । शान्त स्वभावका कुकुरलाई भागेका मान्छे ‘ट्र्याक’ गर्ने जिम्मेवारी दिइन्छ ।
मालिका धुरी मन्दिरमा आन्तरिक पर्यटक (फोटो फिचर)
वरिपरि घना जङ्गल । नाकैअगाडि सेताम्मे हिमाल । दृष्टिले भ्याएसम्म देखिने पहाडका अग्ला चुचुरासहितका सुन्दर ग्रामीण वस्तीहरु छन् । बाटोमा फुलेका वनफुलहरु र पहाडको टुप्पोबाट देखिने सुर्योदयको मनोरम दृश्य, सुन्दर बस्ती, गुराँसे–जङ्गल र प्राकृतिक सौन्दर्यले सजिएको छ म्याग्दीको मालिका ।
प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राज्यव्यवस्था समितिले भन्यो, ‘आवास निर्माणको काम तीव्र पारौं’
जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ ।
शनिबारे हाटमा फूलको बढ्यो कारोबार (फोटो फिचर)
ताप्लेजुङमा यस वर्षको तिहारमा फूलको मूल्य महँगिएको छ । सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा लाग्ने शानिबारे हाटमा विगतका वर्षभन्दा यो वर्ष महँगाे मूल्यमा फूलको कारोबार भएको हो ।
सयपत्री फूलको माला किन्नेको भीड (फोटो फिचर)
तिहार सुरु भएसँगै सयपत्री फूलको मालाकाे बिक्री सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री उल्लेख्य रहेको छ ।
माटोको पाला बनाउन भ्याइनभ्याइ
तिहार सुरु भएसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो ।
१२ सय परिवारलाई पुग्ने त्रिपाल लिएर रूकुममा उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज (शनिबार) रुकुम पश्चिम पुग्नुभएको छ ।
सरकार समाजवाद उन्मुख दिशामा अघि बढ्यो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समाजवाद उन्मुख दिशामा अघि बढिरहेको बताउनुभएको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धि प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।
विलीन हुँदै बुलौदीखोला, मुहानदेखि निकाससम्मै अतिक्रमण (फोटो फिचर)
पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती र फिर्केसँग अर्को खोला पनि छः बुलौदीखोला । पोखरा–१८ को धारा पानी जङ्गल, पोखरा–५ को ठूलीपोखरी (खुँडेपोखरी)सहित यो क्षेत्रका विभिन्न मूलबाट आएको पानी पोखरा–५ को मनकामना मन्दिरसम्म आई पुग्दा बुलौदीले खोलाको स्वरूप लिएको छ । फिर्के खोलाको खोलाको बहाव क्षेत्र पहिचान गरी त्यहाँको अतिक्रमण हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ ।
सयपत्री मखमलीको चाड
‘गाउँघरका आँगनका डिलमा मखमली र सयपत्री फूल ढकमक्क फुलेपछि तिहार आएछ भन्न चाल पाइन्थ्यो । त्यसको छुट्टै रमाइलो पनि हुन्थ्यो । खेतबारीमा झुलेका धानका बाला, लहलहाएका कोदोका बालासँगै बारीका कान्लामा पहेँलै फुलेका सयपत्री फूल देखेर मन कम्ती रमाउँदैनथ्यो’, स्थायी घर कास्की भई काठमाडौँको रविभवन बस्दै आएकी नब्बे वर्षीया तीलकुमारी सुवेदीले आफ्नो बालापन स्मरण गर्दै भन्नुभयो । “तिहारको बेला अहिले पो सहरमा बढी रमाइलो हुन थाल्यो, उहिलेको तिहार त गाउँमा जति रमाइलो काहीँ हुँदैन्थ्यो,” गाउँघरको र सहरको तिहार पनि तुलना गर्दै उहाँले थप भन्नुभयो ।
सदन, सरकार र आफ्नै कामबाट पनि सन्तुष्ट छैनः पूर्वमन्त्री आले
सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गर्नुभएको छ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्याप्त ठाउँ नरहेको विश्लेषण गर्नुहुन्छ ।
भूकम्प पीडितलाई टहरा बनाउँदै काँग्रेस महामन्त्री गगन र विश्वप्रकाश
भूकम्प प्रभावित पीडितका अस्थायी टहरा निर्माण गर्न थालिएको छ । नलगाड नगरपालिका १ चिउरीमा अस्थायी टहरा निर्माण गर्नु भएको हो ।
राष्ट्रिय सभा निर्वाचन तयारी
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।