समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउनुभएको छ।
एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
अलराउन्डर दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले कतारमाथि सानदार जित निकालेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको समूहको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ ।
प्रवासमा नेपाल पढाउने टेक्सास पाठशाला
अमेरिकाको टेक्सास स्टेटमा नेपाली समाज टेक्सासले ग्लोबल नेपाली भाषा पाठशाला सञ्चालन गरेर प्रवासमा रहेका नेपाली युवालाई नेपाली भाषा संस्कृतिको ज्ञान प्रदान गरी नेपाल फर्काउने अभियान सञ्चालन गरेको छ ।
राजनीतिक अस्थिरताको मारमा स्वास्थ्य क्षेत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० मा दुईजना स्वास्थ्य मन्त्री पाएको छ। राजनीतिक अस्थिरताका कारणले गर्दा स्वास्थ्य क्षेत्रमा लक्ष्य अनुसार काम हुन नसकेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी बताउनुहुन्छ।
२०८० मा आठ पूर्वाधार : कुनमा कति प्रगति ?
वि.सं. २०८० साल शुक्रबार सकिएको छ । देशको राजनीतिक, आर्थिक तथा विकास पूर्वाधारको क्षेत्रमा विभिन्न उतारचढाव हुँदै यो वर्ष आजबाट बिदा हुँदैछ। यो वर्ष सकिँदै गर्दा केही विकास पूर्वाधारमा प्रगति भएको छ भने केही पूर्वाधारले अपेक्षा गरेअनुसार प्रगति हासिल गर्न सकेका छैनन् ।
एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात, मलेसियामाथि पाँच विकेटको जित
एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।
संसदको चालु अधिवेशन वैशाख २ बाट अन्त्य गर्न सरकारको सिफारिस
सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
खेलकुदमा २०८० : क्रिकेटले उचाई चुमेको वर्ष
नेपाली खेलकुदका लागि २०८० साल सहभागिता र उपलब्धिको हिसावले पनि थप महत्वपूर्ण बन्यो । चीनको होङझाओमा असोजमा भएको एसियाडमा नेपालले २९ खेलमा दुई सय ५३ खेलाडी सहभागि गराएको थियो । ठूलो प्रतियोगितामा नेपालको यो अहिलेसम्मकै ठूलो सहभागिता हो ।
भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गर्नुभएको छ ।
सगरमाथामा आरोही घटे, बाटो निर्माण ढिलाइले आरोहण पछि सर्ने
सगरमाथामा यस वर्ष आरोहीको सङ्ख्यामा कमी आएको छ । गत वर्षको तुलनामा करिब शतप्रतिशतले आरोहीको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ ।
दूधकोशी आयोजना छिटो थाल्न सरकार र लगानीकर्ता सहमत
६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना छिटो थाल्ने सहमति भएको छ। खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने उक्त आयोजना छिटो थाल्ने नेपाल सरकार र आयोजनाको लगानीकर्ताबिच सहमति भएको हो।
प्रदूषणको जोखिममा बालबालिका र दीर्घ रोगी
पछिल्लो समय प्रदूषण बढ्दै गएको छ। ग्रामीण बस्तीमा भन्दा प्रदूषण सहरी क्षेत्रमा बढी देखिएको छ।
उपकुलपति बिदामा बस्दा त्रिविको काम प्रभावित
त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजङ्ग बराल बिदामा बस्दा विश्व विद्यालयको सेवा प्रवाहमा समस्या आउन थालेको छ । स्वास्थ्यको कारण देखाउँदै बराल दुई साताअघिबाट बिदामा बस्दै आउनुभएको छ ।
आगामी बजेटमा पूर्वले प्राथमिकता पाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।
काठमाडौँमा यसरी मनाइयो इद (फोटो फिचर)
काठमाडौँको घण्टाघर स्थित जामे मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो ।
सुके पोखरी क्षेत्रमा ढकमक्क फुले लालीगुराँस (फोटो फिचर)
पाँचथरको फिदिम नगरपालिका-१४ स्थित सुके पोखरी र लोहकिल क्षेत्र हिजोआज गुराँस ढकमक्क फुलेको छ । यस क्षेत्रमा फुलेका रङ्गी विरङ्गी गुराँसले वन र डाँडापाखा ढकमक्क बनेको हो ।
राजतन्त्र चाहियो भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजतन्त्र चाहियो भन्नेहरुसँग कुनै वार्ता नहुने बताउनुभएको छ । बुधबार प्रेस सेन्टर झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
पञ्चवर्षीय योजनाका विषयमा प्रधानमन्त्रीले लिनुभयो सुझाव
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ पञ्चवर्षीय योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ।
मुख्यमन्त्री कँडेलद्वारा पद तथा गोपनीयताको शपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
‘नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्छ’
राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ।
‘नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ ।