जिप र मोरसाइकल दुर्घटना : १२ घाइते, एक गम्भीर
पाल्पामा सवारी दुर्घटना हुँदा निस्दी –३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । लु १ ज २५३५ नम्बरको जिप शुक्रबार राति ९ बजेतिर जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
राजविराज छिन्नमस्ता भगवती मन्दिर (फोटो फिचर)
राजविराज एवं नेपालकै प्रख्यात छिन्नमस्ता मन्दिर। यो प्राचीन एवं भव्य मन्दिर सदरमुकाम राजविराज बजारबाट करिब १० किमि दक्षिणतर्फ सखडा भन्ने ठाउँमा पर्दछ। नेपाली शैलीमा निर्मित यस मन्दिर भित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका ५ वटा मूर्ति रहेका छन्। ती मूर्तिहरूलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भन्दछन्। छिन्नमस्ता भगवतीको शिर काटिएकोले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो।
आम जनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बिचमा लैजान सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
‘अटिजम हुने बच्चामा सञ्चारको समस्या’
पछिल्लो समय अटिजम भएका बच्चा जन्मिने दर बढ्दो छ। विश्वमा ३६ जना जन्मिएका बच्चामध्ये एक जना अटिष्टिक बच्चा जन्मिने चिकित्सकको भनाइ छ।
सरकारी लगानी बढ्दै, किशोरीहरू समस्या झेल्दै
कालीकोटको शुभकालिका गाउँपालिका–६ मा रहेको चन्द्रसूर्य माध्यमिक विद्यालयमा अध्ययनरत यामुना आचार्यको महिनावारी समयमा कहिलेकाहीँ पेट दुख्छ ।
सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीको शपथ
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : सात मन्त्रीद्वारा शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको छ ।
गठबन्धनबाट एकीकृत समाजवादीका सोडारीको दाबी पेस
सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरण दलबाट मुख्यमन्त्रीमा नेकपा (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गर्नुभएको छ ।
ब्याजदर घट्दा पनि बढ्न सकेन कर्जा प्रवाह
बैँकहरुको कर्जा ब्याजदर घटे पनि पर्याप्त मात्रामा कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह हुन नसक्दा बैँकहरुमा निक्षेप संकलन बढिरहेको छ ।
शिक्षकलाई राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलबाट टाढा राख्न आफू निर्मम भएर लाग्ने बताउनुभयो । देशको भविष्य बोक्ने बालबालिकाको शिक्षा माथि खेलबाड गर्दै शिक्षकहरू राजनीति गरेर हिँड्दा देशैकै शैक्षिक स्तर डामाडोल भएकोले आफूले निर्मम भएर लाग्ने र सबैले सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने
समूह ‘ए’को विजेता नेपालले समूह ‘बि’को उपविजेता यूएईसँग सेमिफाइनलमा भेट पक्का गरेको हो ।
‘औषधी महँगो हुँदा हिमोफिलिया बिरामी पहुँच बाहिर’
नेपालमा हिमोफिलिया ‘रक्तस्राव’ का बिरामीको अवस्था निकै दयनीय छ। नेपाल सरकारले हिमोफिलियाका बिरामीलाई आवश्यक औषधी उपलब्ध नगराउँदा बिरामीको अवस्था दयनीय बनेको हो।
एसिसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८ अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरेको हो।
अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ।
सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आव्हान
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दुई दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुनः आव्हान गर्नुभएको छ ।
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताउनुभएको छ ।
तस्बिरमा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठुलो भूमिका खेल्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठुलो भूमिका खेल्ने बताउनुभएको छ ।
एसिसी प्रिमियर कप : हङकङलाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा
नेपाल लगातार तेस्रो जित निकाल्दै एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’
नेपाललाई सुरुङ युगमा लैजाने महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।
विकासका लागि राजनीतिक प्रतिबद्धता साकार हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताउनुभएको छ ।
विश्वविद्यालय सुधार्न मेरिटोक्रेसीको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड
प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
एकलहरुको पीडा बिसाउने छहारी कृषि
“एक महिलाको चुनौती भनौं कि कमजोरी, बोल्न एकदम अक्मकाउनु हुन्छ, आफ्नो परिचय भन्न पनि लजाउनुहुन्छ । उहाँ हुनुहुन्छ मानव अधिकारका लागि एकल महिला समूहकी केन्द्रीय बोर्ड सदस्य सबिता महर्जन । “लाज भनेको महिलाको गहना हो भन्ने परम्परागत सिद्धान्त छ” उहाँले भन्नुभयो ।
सिन्दुरजात्राले रङ्गियो ठिमी (फोटो फिचर)
बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।