उपनिर्वाचन (मतगणना) इलाम– २
उपनिर्वाचन २०८१ (मतगणना) इलाम– २
लगानी सम्मेलन : सरकारको प्राथमिकतामा १४८ परियोजना
सरकारको प्राथमिकतामा अधिकांश जलविद्युत आयोजना रहेको लगानी बोर्डका प्रवक्ता एवम् सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो। सम्मेलन परिसरमा १४८ परियोजना सोकेस (प्रदर्शनी) मा राखिने उहाँको भनाइ छ।
रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी
त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको शतक
नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध शतक बनाउनुभएको छ ।
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
कप्तान पौडेलले २७ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको हो। उहाँले दुई छक्का र सात चौका प्रहार गर्नुभएको छ।
उच्च सुरक्षा टोलीद्वारा मतदानस्थलको निरीक्षण
इलाम निर्वाचन क्षेत्र नं. २ का मतदानस्थलमा उच्च सुरक्षा अधिकारीको टोलीले निरीक्षण गरेको छ । उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन इलाम २ का मतदान केन्द्रमा केन्द्रमा उच्च सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।
इलाममा यसरी हुँदैछ मतदान (फोटो फिचर)
अहिले इलाम–२ का सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया चलिरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा १० बजेसम्म शान्तिपूर्ण र उत्साह पूर्ण रूपमा मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।
सिन्धुलीको कमलामाई मन्दिर (फोटो फिचर)
सिन्धुलीको प्रख्यात मन्दिर मध्ये कमलामाई मन्दिर पनि एक हो। यो कमलामाई मन्दिर सिन्धुलीमाढीबाट करिब १२ किमी टाढा रहेको छ ।
चीनको ‘प्रिकाष्ट प्रविधि’ बाट पृथ्वीराजर्मामा पुल निर्माण (फोटो फिचर)
चीनको कम्पनीले पृथ्वीराज मार्गको पोखरा–मुस्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा ‘प्रिकाष्ट प्रविधिबाट’ पुल निर्माण भइरहेको छ ।
मेडिकल कलेज सञ्चालन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेडिकल कलेज सञ्चालन गर्ने तयारीलाई अगाडि बढाउन पूर्वाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
गुराँसले लालिमा चढेको महाबु लेक (फोटो फिचर)
दैलेखको शिर मानिने महावु लेकमा यतिबेला लाली चढेको छ । लाली अर्थात् थरिथरिका ढकमक्क फुलेको लालिगुराँसले लेक नै मनमोहक बनेको छ । प्रकृतिको लालित्य चढेपछि सडक किनारदेखि अक्करे भिरमा पनि ढकमक्क गुराँस फुलेपछि वातावरण रमणीय निक्कै मनमोहक बनेको छ ।
कानुन व्यवस्था गरी सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
गोरखापत्रले ऐतिहासिक तस्बिरको संरक्षण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गोरखापत्र संस्थानमा रहेका ऐतिहासिक तस्बिरको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उपनिर्वाचनको सुरक्षा तयारी पूरा
। नेपाल प्रहरीले वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो ।
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।
१६ औँ योजनामा पूर्वाधार र सूचना प्रविधि विस्तार प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ ।
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।
भूकम्प गएको नौ वर्षमा पनि पूरा भएन पुनर्निर्माण
विनाशकारी भूकम्प गएको नौ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पका कारण आठ हजार बढी मानिसले ज्यान गुमाएका थिए ।
नेपाल र कतारबिच दुई सम्झौता, ६ समझदारी
नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा दुई सम्झौता र ६ समझदारी भएको छ । बुधबार दुई देशबिच सरकारी तहमा ६ र निजी क्षेत्रसँग दुई वटा गरी आठ वटा सम्झौता र समझदारी भएको हो ।
कतारका अमिर भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर बुधबार स्वदेश फर्किनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
नेपाल र कतारबिच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
नेपाल र कतारबिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अमिर शेखबिचको भेटवार्ता सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
भूकम्पसँगै बहुप्रकोप जोखिम बढ्दै छ : डा. देवकोटा
विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटाले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण कार्य असफल भएको बताउनुभएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएर ७ दशमलव ८ रेक्टरको भूकम्प स्मरण गर्नुहुँदै उहाँले भूकम्प फेरि आए विगतकै परिणामको क्षति दोहोरिने बताउनुभयो ।
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभएको छ ।