• ११ असोज २०८१, शुक्रबार

‘पानी नपिई व्रत बस्दा स्वास्थ्य समस्या निम्तन्छ’

blog

काठमाडौँ, भदौ २० गते । तिजको दिन विशेषगरी नेपाली हिन्दु नारीले व्रत बस्ने प्रचलन छ । कतिपयले यो दिन पानी पनि नपिई व्रत बस्न गर्दछन् । वरिष्ठ पोषणविद् प्रा.डा.मनसा थापा ठकुराठी व्रत बस्नु शरीरका लागि स्वस्थकर भएको बताउनुहुन्छ ।

पोषण विज्ञानमा व्रत बस्दा शरीरमा जम्मा भएर बसेको विकार बाहिर निकालेर शरीर स्वस्थ बनाउन मद्दत गर्ने उल्लेख गरेको उहाँले जानकारी दिनुभयो ।  

उहाँका अनुसार हप्तामा एक दिन वा महिनामा एक/दुई पटक व्रत बस्नु स्वस्थकर मानिन्छ । व्रत स्वास्थ्यका हिसाबले स्वास्थ्यकर भए पनि पानी पनि नपिई व्रत बस्दा स्वास्थ्यमा असर पुग्ने पोषणविद् डा.ठकुराठीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “पानी पनि नपि व्रत बस्ने चलन गलत हो । पानी पनि नपिई व्रत बस्दा शरीरमा पानीको कमी भई तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्तिने गर्दछन् ।”

व्रत बस्दा पानी पनि नपिई बस्नुभन्दा झोलीलो प्रदार्थ जस्तै दूध, पानी, फलफूलको रस, चिया पिएर र फलफुल खाएर बस्न उहाँका सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “व्रत परिवार अनुसार फरक/फरक तरिकाले बस्न सकिन्छ । दूध, पानी, फलफुलको रस, चिया पिएर वा फलफूल खाएर पनि बस्न सकिन्छ ।”

व्रत खोल्दा पनि सामान्य दाल भात तरकारी खाएर खोल्नु उपयुक्त हुने उहाँको सुझाव छ । व्रत माछा मासु, पोषणयुक्त खानेकुरा खाएर भन्दा हल्का खानेकुरा खाएर खोल्नु राम्रो भएको उहाँका तर्क छ । ज्यादा पोषणयुक्त खानेकुरा खाएर व्रत खोल्दा स्वास्थ्यमा समस्या देखिने उहाँ बताउनुहुन्छ ।

भिडियो  मनोजरत्न शाही र केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।