• १६ भदौ २०८१, आइतबार

विस्फोटमा परी दाजु र बहिनीको मृत्यु , एक घाइते

blog

राधा लुइटेल 

फिदिम, भदौ १४ गते । पाँचथर जिल्लाको फालेलुङ गाउ‘पालिका ५ मा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई जना बाल बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्राङवुङ डाडागाउ‘ टोलका ११ वर्षीय दिप्सन साँवा र उहाँकी २ वर्षीय बहिनी प्रिन्सा साँवा हुनुहुन्छ । 

उहाँहरू दुवै जना स्थानीय दिलीप साँवाका छोराछोरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस

विस्फोटक पदार्थ पड्किँदा तीन बालबालिका घाइते

विस्फोटमा परी स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन राई घाइते हुनु भएको छ । दिउँसो तीन बजे स्थानीय आइतराज केरुङको घरमा विस्फोटमा परी घाइते हुनु भएको हो ।

घाइते भए लगत्तै उपचारार्थ पाँचथर अस्पताल ल्याइएका दिप्सन र प्रिन्सालाई तत्काल झापाका लागि रेफर गरिएकोमा प्रिन्साको राती १० बजे इलाम पुर्याउदा बाटोमै र दिप्सनको राती १ बजे वि. एन्ड सी अस्पताल झापामा निधन भएको पनि भण्डारीले बताउनुभयो ।

घाइते मध्येका पवनको अवस्था सामान्य छ उहाँको पाँचथर अस्पतालमै उपचार भइरहेको छ । उनीहरू होम मेड ग्रिनेट पड्केर घाइते भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) भण्डारी बताउनुहुन्छ ।

घटना स्थलमा अर्को एउटा शङ्कास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि प्रहरीको भनाई छ  ।

बम कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम विस्फोट भएको घरका धनी आइतराज पूर्व माओवादी हुन । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।