वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने पक्राउ
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
राष्ट्रिय परिचयपत्रको दुरुपयोग नहोस : सांसद, हुँदैन–गृहमन्त्री
हमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा सर्भर र नेटवर्कसहित सबै प्रणालीको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित एकजना पक्राउ
कपिलबस्तु प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाँउपालिका वडा नं. ६ डुमरा चोकबाट स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित पक्राउ गरेको हो ।
जिबीको राहदानी रोक्का
देशको मुख्य सहरमा सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का हुने आदेश गरेको हो ।
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपतिसँग भारतीय राजदूतको भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भारतका महामहिम राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा शुभकामना आदानप्रदान प्रश्चात दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र सहकार्य लगायतका विषयमा छलफल भयो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
भारत–चीन जोड्ने सडक कालोपत्र गर्न ५० करोड विनियोजन
भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि रु ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ ।
‘गोरखापत्रको पनि अब नयाँ ऐन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणको कार्यान्वयन प्रक्रियाअघि बढेसँगै अब सार्वजनिक सेवा प्रकाशन आरम्भ गरिने उद्घोष गर्नुभएको छ ।
इजरायल र हमासबिच अस्थायी युद्धविराम
लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ ।
राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्न मिसन प्रमुखलाई परराष्ट्रमन्त्रीको निर्देशन
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ।
राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका छन् ।
मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईको मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदै छ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
६० लाख धरौटी बुझाएर सभापति लामिछाने रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ । आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
पेट्रोलमा २, डिजेल र मट्टितेलमा ३ रुपियाँको दरले बृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । माघ ३ गते विहान १ बजेदेखि बृद्धिभएको मूल्य लागुहुने निगमले जनाएको छ ।
चिनियाँ नागरिकको अपहरण आरोपमा चार भारतीय पक्राउ
मकवानपुरको भीमफेदीबाट प्रहरीले चिनियाँ नागरिक अपहरणको आरोपमा चार जना भारतीय नागरिक नियन्त्रणमा परेका छन् । काठमाडौँबाट मङ्गलबार चिनियाँ नागरिक अपहरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा भिमफेदी गाउँपालिका –६ स्थित जुरिखेतबाट भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
पूर्व गृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश
जिल्ला अदालत काठमाडौँले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको छ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।
संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्छ : गच्छदार
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।
एसइई परीक्षा चैत ७ देखि सुरु (तालिकासहित)
२०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ ।
गुल्मीमा जिप दुर्घटना, १२ जना घाइते
गुल्मीको मदाने गाउँपालिका वडा १ अग्लुङ्ग फेदीनजिक जिप दुर्घटना भएको छ । गुल्मी र प्युठानको सिमानामा भएको जिप दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बालक अपहरण गर्ने तीनजना पक्राउ
सर्लाहीमा एक भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् ।
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।