जडीबुटी नदिने ठेकेदारलाई सधैँ ठेक्का
सिंहदरबार वैद्यखाना विकास समितिले जडीबुटी खरिद गर्नका लागि बोलपत्र आह्वान गर्छ । प्रायः एउटा मात्रै कम्पनीको बोलपत्र निवेदन पर्छ । अनि ठेक्का पाउने कम्पनीले २५ प्रतिशत जति जडीबुटी ल्याउँछ । समय सकिन्छ ।
झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि कारबाही
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरेको छ ।
पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो
बुधबार लामिछानेविरुद्ध परेको साहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभो।
बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लागुऔषध कारोबारीलाई पक्राउ गर्न ६ राउण्ड गोली प्रहार
झापाको कनकाई नगरपालिका–४ मनोकामना टोलबाट प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
मन्त्रिपरिषद् बैठकका १८ निर्णय : उपभोक्ता अदालत गठन हुने
सरकारले उपत्यकाका तीन जिल्लाभित्रका मुद्दाहरू हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो।
आजदेखि विद्यालय जाने र नजाने किशोरीलाई निःशुल्क खोप
आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (मङ्गलबार)देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।
भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच नेपालीको मृत्यु
भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ।तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको घाइतेले बताएका छन्।
दुई किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा हत्या
अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुईजना किशोरले हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ ।
रूखले थिचेर बालकको मृत्यु
मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित खानिखेतमा रुखले थिचेर एक बालकको मृत्यु भएको छ ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु
खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अमेरिकाको वाशिङटन डिसीमा विमान र हेलिकोप्टर ठोक्किए
काठमाडौँ, माघ १७ गते । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए भने अन्य खोजी भइरहेको बिबिसीले जनाएको छ ।
भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो
भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइते भएका छन्।
सहिदको गाउँलाई उपेक्षा नगर्न राष्ट्रपतिको आग्रह
नेपालकै सबैभन्दा धेरै सहिद भएको गाउँ हो तनहुँको व्यास नगरपालिका–८ स्थित पुलिमराङ। तर यो गाउँ अझै उपेक्षित अवस्थामा छ। एउटै गाउँबाट ६ जना सहिद भएकोले सहिदको गाउँ भनेर चिनिने भए पनि त्यहाँ पुग्ने सडक साँघुरो र जोखिमपूर्ण तरिकाबाट जानुपर्ने बाध्यता छ।
इजरायली आक्रमण : लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ ।
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गरेको छ ।
प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण : ६ अध्यादेश पेस गरिने
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।
संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उच्च अदालतले माग्यो रविको कैफियत प्रतिवेदन
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन पेश गर्न आदेश गरेको छ ।
१४ लाख चोरी गर्ने दुई जना पक्राउ
पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
अछामको किशोरी मृत्यु प्रकरण: दुई जना नियन्त्रणमा
अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको छ ।
बाल यौन दुर्व्यवहार कसुरमा कृषि विज्ञ मदन दोषी ठहर
कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर हुनुभएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दोषी ठहराएको हो ।