शिवम सिमेन्टले क्षतिपूर्तिस्वरुप तिर्यो ८६ लाख रुपियाँ
नवलपुर, फागुन ६ गते । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रुङ्गो भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिमेन्टले सरकारलाई क्षतिपूर्ति तरेको छ । एनएल ०१ ए एच ५१७९ नम्बरको भारीय हेवी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपियाँ क्षतिपूर्ति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिनुभयो ।शिवम सिमेन्टले नेपाल लाइन्स प्रा.लि.मार्फत ८६ लाख रुपियाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको उहाँले जानकारी दिनुभयो । गत पुस २६ गते गह्रुङ्गो भारसहितको ट्रक पुल पार गर्नेक्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए । पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजङ्ग खनालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख रुपियाँ खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराइएको सडक डिभिजन भरतपुरका इन्जिनियर आषिश नेपालले जानकारी दिनुभयो । क्षतिपूर्ति तिरेसँगै आइन्दा पुलले थेग्न सक्ने भार मात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको नेपालले जानकारी दिनुभयो । ८६ लाख रुपियाँले तत्कालका लागि मर्मत गरेर गाडि चलाउन सकिने भएकाले शिवम सिमेन्ट सस्तोमा परेको छानविन समितिका संयोजक पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको उहाँको भनाइ छ ।यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जिर्ण अवस्थामा रहेका यी पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ ।
प्रकृति लम्सालको मृत्युबारे निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रूपमा ‘फलोअप’ गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा के हुँदैछ (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभाको मङ्गलबारको बैठक सुरु भएको छ ।
प्रकृति लम्साल मृत्युबारे राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रकृति लम्सालको मृत्युबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकबाटै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन
काठमाडौँ, फागुन ६ गते । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार गत साउनमा एक हजार छ सय २८ सडक दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार आठ सय ७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको निधन भएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती [काठमाडौँ उपत्यका] बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ । भयावह आत्महत्या मन्त्रालयका अनुसार चालु आवको छ महिनामा तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ । यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ । साइबर अपराध मन्त्रालयका अनुसार चालु आवको छ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् । यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०/८१ मा कुल १९ हजार सात सय ३०, आव २०७९/८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण विधेयक’ सर्वसम्मतिले पारित
‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
कीर्गिस्तानमाथि नेपालको कठिन जित
दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो । नेपालको कठिन जितमा विमला चौधरी निर्णायक बन्नुभयो ।
टरिगाउँ धावनमार्ग विस्तारमा प्रतिबद्ध छौं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर उपमहानगरपालिका वडा १२ स्थित टरिगाउँ धावनमार्ग विस्तारका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
देश र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एमाले मिलेर सरकार बनायौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस र नेकपा एमालेसहित दलहरू मिलेर सरकार बनाएको बताउनुभएको छ ।
भारतमा कार दुर्घटना : रूपन्देहीका तीन जनाको मृत्यु
भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अर्थमन्त्री पौडेल डिस्चार्ज
कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज हुनु भएको छ ।
प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सदनले सो प्रस्ताव स्वीकृत गरेको हो ।
शोधभर्ना प्राप्तिमा सुधारः १३ अर्ब मात्रै उठ्न बाँकी
शोधभर्ना प्राप्तिमा सुधार हुँदै गएको छ । अघिल्ला वर्षहरुमा ठुलो मात्रामा त्यस्तो रकम उठ्न बाँकी रहने देखिएकोमा हाल १३ अर्ब मात्रै त्यस्तो रकम उठ्न बाँकी देखिएको हो ।
मनाङमा ३.८ को भूकम्प
मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो।
उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका नगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
‘ग्लोबल साउथ’ बिच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रको बिचमा कनेक्टिभिटीसहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
मुलुकको विकास र स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सरकारः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सरकार गठन भएको बताउनुभएको छ। साथै उहाँले वर्तमान सत्ता साझेदार दलबीच कुनै शङ्का–उपशङ्का गर्न जरुरी नभएको बताउनुभयो।
खाद्य गुणस्तरको नियन्त्रण : काठमाडौँ महानगरले स्थलगत मापन सुरु गर्दै
बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण फिल्डमा तत्काल गर्ने भएको छ ।
प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुहुने
सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हुने सचिवालयले जनाएको छ ।
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ । मौसम बदली भए पनि कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको भए पनि ठुलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जना पक्राउ
लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डरसहित दुई शान्ति सेना घाइते हुनुभयो ।
अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त
आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।
उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा घाइते बन्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उपचारका लागि काठमाडौं लगिएको छ ।