चोरी गर्न आएको भन्दै प्रतिकार गर्दा छोराको मृत्यु
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा भएको घटनामा बाबुआमाको प्रतिकारमा छोराको मृत्यु भएको छ ।
उपत्यकासहित पहाडी भू-भागमा हल्का वर्षा, आइतबार मौसम खुल्ने
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही तथा बाँकी पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ
पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् ।
इलाममा पिकअप दुर्घटनामा २५ जना घाइते
इलामको माइ नगरपालिका–१ मा बिहीबार दिउँसो पिकअप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
घरमा आगलागी, १८ भेडाबाख्रा र ९० कुखुरा मरे
रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १४ चाखलडाँडास्थित रुद्रबहादुर बिष्टको घरमा आगलागी भएको छ । बुधबार बिहान भएको आगलागीबाट बिष्टको ६ कोठे (ढुङगा र माटोले बनेको, टिनले छाएको) दुई तले घर ध्वस्त भएको छ । आगलागीले पशुचौपाया मरेका छन् ।
धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते
मुरारी अधिकारीधादिङ, फागुन १४ गते । धादिङको गुप्तेस्वरमा गए राति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेस्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बा ०१– ००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङ्कर खसेको हो । राति करिब ११ तीस बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना भएको खबर पाए सङ्गै सदरमुकाम धादिङबेसी बाट गएका सोसल भोलेन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेसी स्थित धादिङ अस्पतालमा पठाएको बताएका छन् । ट्याङ्कर अप्ठ्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोष्टमाटमको लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो । मृतकहरूको सनाखत हुन बाकी रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भई रहेको धादिङ प्रहरीले जनाएको छ । सवारी चालक भने सकुशल छन् । फर्काउन पछाडि हटाउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेको बताएका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । दुर्घटनाका घाइतेहरूको अवस्था मध्यम रहेको छ ।
यी हुन मन्त्रिपरिषद्का १५ वटा निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गर्नुभएको हो।
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना हुनुभएको छ । घाँटीमा समस्या आएकोले मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको हो ।
बिहानै म्याग्दीमा दुई पटक भूकम्पको धक्का महसुस
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो ।
बडिगाडमा जिप दुर्घटना, दुई जनाको मृत्यु
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विश्वसनीय र सन्तुलित समाचारको सङ्कल्प
गोरखापत्र संस्थानको कान्छो प्रकाशन हो डिजिटल प्रकाशन । गोरखापत्र दैनिकले १२४ वर्ष पूरा गरी १२५ वर्षको खुट्किलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको आज तेस्रो वार्षिकोत्सव मनाइरहेका छौं । २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित रुपले समाचार प्रकाशन गर्दैआएका छौं ।
फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी
ताप्लेजुङ फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआए सम्मको लागि निषेध आदेश जारी गरिएको हो ।
जिप दुर्घटना हुँदा ५ जना घाइते
जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ८ बाट ढोले बजारतर्फ आउँदै गरेको से १ ज ४१४ नंम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
कुम्भबाट फर्किदै गर्दा स्कारर्पियो दुर्घटना : चार जनाको मृत्यु
कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको यूपी राज्यअन्तर्गत गोरखपुरमा स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
दलदलेमा बस दुर्घटना : ११ जना घाइते
नवलपुरको देवचुली ११ दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।
लेबनानविरुद्ध नेपालको अग्रता
इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ ।
पोखरा महानगरका प्रमुख आचार्य अस्पतालबाट डिस्चार्ज
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणको समयमा बेलुन फुटेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रमुख आचार्य घाइते हुनु भएको थियो ।
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराउनुभएको हो ।
बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधी
क्यान्सरपीडित बालबालिकाहरूले सर्वसुलभ रूपमा निःशुल्क औषधी पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधी पाउने बताउनुभएको हो ।
भारतबाट ११ जना विद्यार्थी घर फर्किए : प्रकृति लम्सालको शव ल्याइँदै
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् ११ जना विद्यार्थी बेलहिया नाका हुँदै नेपाल फर्किएका छन्।
राष्ट्रपति प्रजातन्त्र दिवसको मूल समारोहमा सरिक
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले बुधबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभएको छ ।
उडिसा घटना : विद्यार्थीको टिकट खर्च संस्थाले नै व्यहोर्ने
भारतको उडिसामा भएको घटनाका प्रकृति लम्सालको निधन भएपछि छात्रावास छोडेर नेपाल आएका विद्यार्थीहरुको आतेजाते टिकट खर्च उक्त शैक्षिक संस्थाले नै व्यहोर्ने तथा कसैको परीक्षा छुट्न गएमा पुनः परीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
एमसीसीको भुक्तानी प्रक्रिया स्थगन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयसँगै नेपालमा कार्यान्वयनमा आएको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगन भएको छ।