विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि
पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताउनुभयो ।
प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउने प्रक्रिया छिट्टै टुङ्गिन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको बताउनुभएको छ ।
तामाकोशीको शेयर लिलाम बिक्री खुल्ला हुने
हकप्रदमा शेयर नबिकेपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ ।
सिटौलालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बनाउन सिफारिस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ।
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा पुगेर वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।
पूर्व सहकारी रजिष्ट्रार पराजुलीविरुद्ध पक्राउ पूर्जी
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
स्थानीय र प्रहरीबीच झडप : प्रहरीको गोली लागि दुई घाइते
धनुषाको हँसपुर नगरपालिका –५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् ।
वडा सदस्यसहित चारजना पुर्पक्षका लागि थुनामा
ठगीसम्बन्धी मुद्दामा कास्कीको पोखरा महानगरपालिका वडा नं.६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
नेपाल र श्रीलंकाबीचको सम्बन्ध अझ बलियो हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनभएको हो । उहाँले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढीरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताउनु भयो ।
‘गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’
बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ ।
सङ्घीय निजामती र प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गर्छौँ : उपप्रधानमन्त्री खड्का
नेपाली कांग्रेसका उपसभापति, सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐन हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ।
मधेश नेपाली कांग्रेसको आधारभूमि हो : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताउनुभएको छ।
नेपाल र श्रीलङ्काका विदेशमन्त्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा छलफल
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मेहम्मद अलि साब्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएको छ।
काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने
काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
महिलाको हत्या गरी फरार व्यक्ति सात वर्षपछि पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
आगलागीबाट पाँच गम्भीर घाइते
भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्ने एक नेपाली परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।
रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो ।
सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आजै
सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।
सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे
स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् ।
ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, नौ घाइते
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएका छन् ।
रुसी सेनामा एकको मृत्यु : युक्रेनमा चारजना बन्दी
रुसी सेनामा कार्यरत अर्का एकजना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।