दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।
संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्छ : गच्छदार
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।
एसइई परीक्षा चैत ७ देखि सुरु (तालिकासहित)
२०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ ।
गुल्मीमा जिप दुर्घटना, १२ जना घाइते
गुल्मीको मदाने गाउँपालिका वडा १ अग्लुङ्ग फेदीनजिक जिप दुर्घटना भएको छ । गुल्मी र प्युठानको सिमानामा भएको जिप दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बालक अपहरण गर्ने तीनजना पक्राउ
सर्लाहीमा एक भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् ।
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ चार वटा अध्यादेश जारी गर्नुभएको छ ।
रवि लामिछानेको थुनछेक बहस सकिएन : न्यायिक हिरासतमा पठाइयो
स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस जारी रहेकाले उहाँ हिरासतमै बस्नुपर्ने भएको हो ।
मन्त्रिपरिषद् बैठकका २६ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
मकवानपुरको मनहरीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्ती बस्ने अन्दाजी दुई वर्षीय बालिका पूजा थिङको मृत्यु भएको हो ।
किन भयो कांग्रेसको गम्भीर ध्यानाकर्षण
नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसमेत भएको मिथ्या (फेक) प्रेस विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ।
बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन पेस गरिएको छ ।
विश्व तापक्रम युगकै उच्च, हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान
विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ ।
पश्चिम नेपालबाट पुनः मौसम बदली हुने
मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिनुभयो ।
पुल भाँचिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा आयाे
पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।
अमेरिकामा बाक्लो हिमपात र उग्र डढेलो
संयुक्त राज्य अमेरिकामा शक्तिशाली हिमआँधी र उग्र डढेलोको विपत् एकैसाथ आइपर्दा त्यहाँको जनजीवन अत्यधिक प्रभावित बनेको छ । लस एन्जलस क्षेत्रमा उग्र डढेलो फैलँदा हालसम्म दस जनाको ज्यान गएको छ ।
पुल भाँचिएर अवरुद्ध राजमार्ग बैकल्पिक रुपमा सञ्चालनमा
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सन निर्माणपछि सञ्चालनमा आएको छ ।
पुल भाँचिएपछि नारायणघाट-बुटबल सडक अवरुद्ध
पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डमा पर्ने दाउन्नेमा सडक पूर्ण रुपमा सञ्चालनमा आउन नपाउँदै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएर सडक पुनः पूर्ण रुपमा अवरुद्ध भएको छ ।
भर्जिनियाको पोखरीमा डुबेर दुई नेपालीको मृत्यु
भर्जिनियाको च्याान्टिलीस्थित एक होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान दुई जना नेपालीको दुःखद निधन भएको छ । मृतक दुवै जना कारभित्र सवार थिए ।
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटी राखेर बिहीबार साँझ रिहा हुनु भएको छ ।
अदालतको आदेश लगत्तै धरौटी बुझाएर पूर्व सांसद गुरुङसहित तीन जना रिहा
पोखरा–४, कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना रिहा भएका छन्।
सूर्यदर्शन सहकारी प्रकरण : सातै प्रतिवादीलाई छाड्न आदेश, कसको धरौटी रकम कति ?
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहित सातै प्रतिवादीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।