• २७ वैशाख २०८२, शनिबार

प्रतिनिधिसभामा के हुँदैछ (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, फागुन ६ गते । प्रतिनिधिसभाको मङ्गलबारको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-८०’ पेस गर्नुहुने कार्यसूची छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । यो विधेयक आजै निर्णयार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ ।