उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाइने
सुशासनयुक्त एवम् भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न इ–गभर्नेन्स ऐन यथाशीघ्र संसदमा प्रस्तुत गरी पारित गरिने विषय उल्लेख छ ।
व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिनेखालको भएको बताउनुभएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
अर्थतन्त्र सुधार गर्न पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकता दिइने (पूर्णपाठसहित)
सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता
लुम्बिनीमा दानबापत सङ्कलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।
झुल्नेटामा लक्ष्मीको एटीएम सेवा
लक्ष्मी बैङ्कले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३, झुल्नेटामा बुधबारबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कको झुल्नेटा शाखाले १८०औँ एटीएम सेवाका रूपमा उक्त सेवाको शुभारम्भ गरेको जनाएको छ ।
अनुदान थप्न अमेरिका इच्छुक
नेपालमा अनुदान थप्न अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताउनुभएको हो ।
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैङ्क र एडिबीको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका दुई ठूला विकास साझेदार विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले छलफल गर्नुभएको छ ।
ब्याजदर घटाउने सम्भावनाको खोजी
अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउन सक्ने क्षेत्रहरूको पहिचान र ल्याउनुपर्ने नीतिका सम्भावना खोज्न नेपाल राष्ट्र बैङ्कसँग आग्रह गर्नुभएको छ । गभर्नरसहित नेपाल राष्ट्र बैङ्कका उच्च अधिकृतसँग मङ्गलबार छलफल गर्दै उहाँले ब्याजदर घटाउन सक्ने आधार खोज्न आग्रह गर्नुभएको हो । उच्च ब्याजदरका कारण व्यावसायिक वातावरण निर्माणमा समस्या भएकाले यसलाई घटाउनेतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।
कर्मचारीलाई तालिम
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्मचारीलाई तालिम प्रदान गरेको छ । बैङ्कले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जनालाई तालिम प्रदान गरेको छ ।
अभौतिक मुद्रामा लगानी नगर्न आग्रह
नेपाल राष्ट्र बैङ्कले अभौतिक मुद्राहरूमा लगानी तथा कारोबार नगर्न आमनेपालीलाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ, नन–फन्जिबल टोकन, डिजिटल सम्पत्ति र हाइपर फन्डजस्ता कारोबार गैरकानुनी रहेको भन्दै त्यसमा संलग्न भएमा कारबाहीसमेत हुने चेतावनी दिएको छ । केन्द्रीय बैङ्कले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता कारोबार नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था मात्र नभई विदेशी र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकसमेत यसमा संलग्न नहुन सचेत गराएको हो । दर्ता भएर नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीसमेतले कुनै पनि भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइए नेपाल राष्ट्र बैङ्क ऐन २०१९ को दफा १२ बमोजिम कारबाही हुने जनाएको छ । नेपालमा विदेशी विनिमय मुद्राको रूपमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीले मान्यता पाएको छैन । नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र राष्ट्र बैङ्क निष्कासन नगरेको तथा कुनै पनि सुरक्षण नभएकाले यस्तो कारोबार गैरकानुनी हुने स्पष्ट पारेको छ ।
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा. महत
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
सबै पालिकामा पुगेनन् बैङ्क
वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । वित्तीय प्रणाली प्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यसको महत्त्व रहेको भन्दै मार्गदर्शन ल्याइएको हो । वित्तीय स्थायित्वको आधारशिला वित्तीय साक्षरता भएको तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउन मार्गदर्शन ल्याइएको हो ।
बैङ्किङ क्षेत्रको सुरक्षाप्रति राष्ट्र बैङ्क गम्भीर
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्था र कर्मचारीविरुद्ध भइरहेका गतिविधिलाई नियालिरहेको बताउनुभएको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताप्रति पनि आफू गम्भीर रहेको बताउनुभयो ।
पुरानो मेसिनले ‘टक्सार’लाई समस्या
नेपाल राष्ट्र बैङ्कअन्तर्गतको टक्सार महाशाखाबाट उत्पादन हुने तक्मा, चाँदीको मेडालियन/स्मारिका सिक्कामा उपभोक्ताको आकर्षण बढे पनि नयाँ मेसिन जडान गर्न नसक्दा समस्या हुन थालेको छ । तक्मा र असर्फी बनाउने मेसिन आठ दशकभन्दा पुराना भइसकेको र नयाँ जनशक्ति पनि थप गर्न नसक्दा बारम्बार समस्या आउने गरेको यस्तो समस्या रहेको महाशाखाले जनाएको छ ।
एक लाखसम्मको रु कारोबारमा केवाईसी
बैङ्क तथा वित्तीय संस्थाबाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ मा संशोधन गर्दै वार्षिक एक लाख रुपियाँसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।
एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई एक लाख रुपियाँसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ ।
हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन
नबिल बैङ्कले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०२२ मा बैङ्कले गरेको लगानीमा सञ्चालित उद्यम, व्यवसाय र पूर्वाधार निर्माणले गरेको हरितगृह ग्यास उत्सर्जनबारे प्रतिवेदनमा उल्लेख छ । बैङ्कको लगानीको परियोजनाबाट सन् २०२२ मा ८० हजार ६७१ दशमलव ३७ टन बराबरको कार्बनडाइअक्साइड उत्सर्जन भएको सो प्रतिवेदनमा उल्लेख छ । यसैगरी जलविद्युत् र सौर्य ऊर्जामा गरिएको लगानीबाट दुई हजार १३१ दशमलव ८१ टन बराबरको कार्बन उत्सर्जन कम गरिएको छ ।
छाउपडी उन्मूलन योजनालाई सहयोग
महालक्ष्मी विकास बैङ्कले सुदूरपश्चिमका सातवटा जिल्लाका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि सञ्चालित योजनालाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
सानिमा र रिलायन्सको एकीकृत कारोबार सुरु
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका सानिमा लाइफ र रिलायन्स लाइफले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । एकीकृत कारोबार सुरु गर्न आयोजित समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरले बीमा कम्पनीको पुँजीसँगै क्षमता पनि बढ्दै गएको भन्दै कम्पनी हरेक विषयमा अनुसन्धान गर्न सक्ने भएको बताउनुभयो ।
बैंकको ब्याजदर मूल्य वृद्धिदरभन्दा माथि हुनुपर्छ : पूर्व मुख्यसचिव पौडेल
पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदरभन्दा माथि हुनुपर्ने बताउनुभएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पौडेलले यस्तो बताउनुभएको हो ।
ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अङ्कित क्यालेण्डर सार्वजनिक
ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको विसं २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।
बैङ्क बिदा चवालीस दिन
नेपाल राष्ट्र बैङ्कले २०८० सालका लागि बैङ्क तथा वित्तीय संस्थाको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । आगामी वर्ष बैङ्कमा ३५ शीर्षकमा बिदा हुने राष्ट्र बैङ्कले बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।
आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.६ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३४.३ प्रतिशतले बढेकोमा २०७९ माघ मसान्तमा यस्तो दाबी ५१.३ प्रतिशतले बढेको छ ।